
जन आवाज न्युज चितवन । परमेश्वरको मण्डली विश्व सुसमाचार सामज चितवनले ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ आशाको वन अभियान अन्तर्रगत ‘अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ को अवसर पारेर चितवनको सौराहमा सरसफाइ सम्पन्न गरेको छ ।

कार्यममा प्रमुख अतिथी रत्ननगर सौराहावडा नम्बर ६ का वडा अध्यक्ष किरण महतोले सरसफाइ सम्बन्धि यस किसिमको कार्यक्रमले वातावरण स्वच्छ हुने बताउदै यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै यस प्रकारको कार्यक्रमलाई वडाको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने कुरामा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समितिका प्रतिनिधि बिन्दा कार्कीले परमेश्वरको मण्डलीले आज चितवनमा सरसफाइ गरेको छ यो निकै प्रशम्सनिय छ । यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिदै सफाइ अभियान संचालन गर्नुपर्ने बताउनुभयो । यो अभियानलाई निरन्तरता दिनका लागि मृगकुञ्ज उपभोक्ता समितिको तर्फबाट पुर्ण रुपमा साथ र सहयोग हुने बताउदै कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराह सेक्टर कार्यलयका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।


आशाको वन अभियानचाहिँ जलवायु परिवर्तन प्रतिक्रिया गतिविधि, र एक दिगो र सुरक्षित समाज निर्माण गर्ने गतिविधि हो, जसमा परमेश्वरको मण्डलीले वृक्षारोपण, कार्बन न्यूनीकरण, जङ्गली बोटबिरुवाहरू हटाउने, फोहोर र प्रज्ज्वलनशील सामग्री सङ्कलन गरेर हरियालीलाई कायम राख्नमा ठूलो योगदान पुऱ्याउँछ । मण्डलीका एक जना अधिकारीले भने, “मौसम सुक्खा भयो भने पहाडमा आगलागी हुन सक्ने जोखिम उच्च भएकोले त्यसलाई रोकथाम गर्नमा विशेष ध्यान दिनुपर्छ । स्थानीय समुदायमा सुरक्षा वृद्धि गर्न, हरियालीलाई जोगाउन र दिगो विश्व वातावरण अनुभूति गर्नका लागि सन्तहरू एकजुट भएका छन् ।”
यो दिन परमेश्वरको मण्डलीका सन्तहरू, उनीहरूका परिवार र छिमेकीहरू गरेर जम्मा २२० जना स्वयंसेवकहरूले चितवन राष्ट्रिय निकुञ्जको ५ किलोमिटर क्षेत्रमा स्वयंसेवा गरे । पैदल मार्गका ठाउँ-ठाउँमा छरिएका डिस्पोजेबल सामग्रीहरू, फोहोर प्लास्टिकहरू, क्यानहरू, पोलिथिन झोलाहरू इत्यादि विभिन्न थरीका घरेलु फोहोरहरू ४५० कि.लो जति सङ्कलन भयो ।
बिहान ९ बजेदेखि २ घण्टासम्म जारी भएको उक्त अभियानमा स्वयंसेवकहरूले वन डढेलोको कारक तत्त्वलाई सङ्कलन गर्नुका साथै हरियाली क्षेत्रको संरक्षण र वनमा लाग्ने डढेलो रोकथामको महत्त्वबारे प्रवर्द्धन गर्न प्यानल प्रदर्शनीको समेत आयोजना गरे । स्थानीयवासीहरूले आफ्नो दैनिक जीवनमा लागू गर्न सकिने हरियाली ठाउँको संरक्षणका उपायहरू लेखेर र समर्थन हस्ताक्षर गरेर आशाको वन अभियानमा सहभागी हुने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी भएका किरण दराइले “ यो अभियानमा सहभागी हुन पाउँदा खुसि लागेको ” भन्दै गर्व गरे । उपस्थित सबै सदस्यहरूले “यो अभियानमा वातावरण सरसफार्इ अभियान मात्रै नभएर पृथ्वी बचाउने अभियान हो ” भने ।
परमेश्वरको मण्डलीले सेप्टेम्बर महिनामा पनि अन्तर्राष्ट्रिय सम्झना दिवस रहेको नीलो आकाश दिवस(सेप्टेम्बर ७) र ओजोन तह संरक्षण दिवस(सेप्टेम्बर १६)को उपलक्ष्यमा काठमाडौंको टोखा, बनेपा, सुदूर-पश्चिम प्रदेशको टीकापुरमा आशाको वन अभियान गऱ्यो । जुलाई महिनामा काठमाडौंको छग्डोल सामुदायिक वनमा ५०० वटा वृक्षारोपण, कोशी प्रदेशको रतुवा खोला क्षेत्रमा ५५० वटा बिरुवा वृक्षारोपण गरेर अभियान सञ्चालन गऱ्यो । यसबाहेक पनि काठमाडौंको भङ्गाल धोबीखोला, सूर्यविनायक, गण्डकी प्रदेशको बर्दघाट इत्यादि ठाउँहरूमा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान गरेको थियो । ‘प्लास्टिक फुटप्रिन्ट’ भनेको मानव-जातिले प्रयोग गरेर फ्याँक्ने प्लास्टिकजन्य फोहोरको कुल मात्रा हो ।
यो कार्यचाहिँ परमेश्वरको मण्डलीको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्जचाहिँ ‘सङ्कटमा परेको पृथ्वीमा आशा बाँडौं’ भन्ने उद्देश्यका साथ दिगो विकास लक्ष्य(SDGs)सँग कदम चाल्दै जलवायु परिवर्तन प्रतिक्रिया, गरिबी र भोकमरी उन्मूलन, र दिगो र सुरक्षित समाज निर्माण आदि कार्य ६ वटा विधामा जारी गरिन्छ ।
अहिलेसम्म पनि परमेश्वरको मण्डलीले सबैतिरबाट मानव-प्रेमलाई व्यवहारमा लागू गर्दैआएको छ । यसले अगस्ट महिनामा अन्तर्राष्ट्रिय युवा दिवसको सम्झनामा कोशी प्रदेशको दमकको श्री जनचेतना आधारभूत विद्यालयमा १०० वटा स्कूल ब्याग वितरण गरेको थियो । अनि यसैबीचमा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयलाई शिक्षण प्रयोजनका कम्प्युटरहरू वितरण, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण आदिद्वारा छिमेकमा सरसहयोग गर्दैआएको पनि छ । यस्ता मानव हितकारी गतिविधिहरू सन् २०१५ मा महाभूकम्प जाँदा अझ सक्रियतापूर्वक अगि बढ्यो । त्यस बेला ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धार कार्यमा कडा परिश्रम गरिएको थियो । साथै हिमालयको पहाडी गाउँका १,००० घरपरिवारहरूका लागि हेलिकप्टर चार्टरमार्फत १४ पटकसम्म खाद्यान्न आपूर्ति गरिनुका साथै २ वटा ठाउँका प्राथमिक विद्यालयहरू पुनर्निर्माण पनि गरियो ।
१७५ वटा देशहरूमा ७,८०० ठाउँमा स्थापित भएको, अनि ३७ लाख जना सन्तहरू आबद्ध रहेको यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग इत्यादि २९,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू क्रमिक रूपमा गर्दैआएको छ । यस्तो व्यापक परोपकारी कार्यहरू गरेबापत् गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक, ब्राजिलबाट विधायिकी पदक इत्यादि प्रत्येक देशको सरकार तथा निकायहरूबाट ४,८०० पटकभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालभित्र पनि बागमती प्रदेश समाज विकास मन्त्री, र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका माननीय जनहरूबाट प्रशंसा-पत्र, कदर-पत्र आदि पनि प्राप्त गर्दैआएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
