स्पीकर भक्तपुरको सिजन १ सम्पन्न | Jana Aawaj News

स्पीकर भक्तपुरको सिजन १ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
स्पीकर भक्तपुरको सिजन १ सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको प्रस्तुति स्पीकर भक्तपुर-२०८१ सिजन १ नमस्ते ख्वप्प टेलिभिजनको संयोजन एवं व्यवस्थापनमा सम्पन्न भएको छ ।

स्पीकर भक्तपुर सिजन १ को विजेता रुवी भ्याली स्कुलकी करिषा गौतम भएकी छिन् । फस्ट रनरअप मदरल्याण्ड स्कुलकी समृद्धि थापा, सेकेण्ड रनरअप आरक्षण नेसनल स्कुलकी जया दुलाल, थर्ड र फोर्थ रनरअप ईडेन गार्डेनका सुप्रिया चौलागाईं र सजल पाण्डे हुन सफल भएका थिए । सबैले शिल्ड प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए भने विजेताले रु.१०,०००/- नगद, फस्ट रनरअपले रु.७,०००/- नगद र सेकेण्ड रनरअपले रु.४,०००/- नगद प्राप्त गरेका थिए ।

कार्यक्रममा मदरल्याण्ड स्कुलबाट सहभागि सीमा मोक्तान मोस्ट कन्फिडेन्ट तथा एक्सप्रेसिभ प्रिजेन्टेशन, अप्रिल शिल्पकार व्यस्ट भ्वाइस, सरु बराइली मोस्ट डिसिप्लेन, ईडेन गार्डेनबाट सहभागि दिया फुयाँल व्यस्ट प्रनाउन्सियसन, केर्ल्यिशा राई मोस्ट क्रियटिभ, डेमोस स्कुलकी अपेक्षा लामा मोस्ट डेडिकेटेड, क्वालिटी स्कुलको स्वरुप लामिछाने मोस्ट एनरजेटिक, पारिजात विद्याकुन्जकी भविना खड्का मोस्ट इमर्जिगं र आरक्षण नेसनल स्कुलकी रिजा कपाली मोस्ट डायनामिक सब टाइटल अवार्डले पुरस्कृत भएका थिए ।

नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुमा बोल्ने कला एवं व्यक्तित्व विकास गराउन र विद्यार्थीहरुको अध्ययनमा अभिवृद्धि गराई क्षमता, ज्ञान तथा जीवनपयोगि सीपको लागि स्पीकर भक्तपुर सिजन १ आयोजना गरिएको बताउदै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यो कार्यक्रमलाई पछि पनि निरन्तरता दिने जानकारी गराउनुभयो । नमस्ते ख्वप्प टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले नेसनल प्याव्सन भक्तपुरसँग यस्तो प्रकारको बौद्धिक कार्यक्रमको समन्वय गर्न सफल भएकोमा हार्दिकता व्यक्त गर्नुभएको थियो ।
नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुका करिब ३०० विद्यार्थीहरुको छनौट चरणबाट १२० जनालाई प्रशिक्षण गरी सुपर ६० र सुपर ३० छनौट गराई फिनालेको लागि अन्तिम १५ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेको निर्णायकमा बरिष्ठ संचारकर्मी डा. नवराज लम्साल, टेलिभिजन प्रस्तोता रुपेश श्रेष्ठ र प्रशिक्षक योगेन्द्र पौड्याल रहेका थिए ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न