
जन आवज न्युज/बाके । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाकेले छिमेकिसङ्ग प्रेम बाढ्दै खाध्यान्न तथा दैनिक उपभोग्य बस्तु नीलसागर सेवाश्रमलाई हस्तान्तरण गरेको छ ।
सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ स्थित नीलसागर सेवाश्रमको भ्रमण गर्दै छिमेकीहरूसँगै न्यानो नव वर्षलाई स्वागत गर्न मण्डलीका सदस्यहरू एकै मनद्वारा सहभागी भएका थिए ।
बिहान ११ बजेतिर सेवाश्रममा आएका परमेश्वरको मण्डलीका सदस्यहरूले हातमा उपहारहरू बोकेर नव वर्षको उपहार वितरण गर्दै आशापूर्ण सन् २०२५ को शुभकामना आदानप्रदान गरेका थिए । दैनिक उपभोग्य बस्तुहरुचाहिँ ग्याँसको चुल्हो, तेल, चामल, चामलको पिठो, आलु, नून, चिनी, गेडागुडी, बिस्कुट आदि घरेलु सामग्री र खाद्यान्न, अनि दैनिक उपभोग्य सामग्रीहरू थिए । योचाहिँ शरीर अशक्त भएर यताउता हिँडडुल गर्न नसक्ने त्यहाँका २३८ जना वृद्ध-वृद्धा बुबा-आमाहरूका लागि प्रदान गरिएको विशेष उपहार हो ।
उक्त स्थलमा सहभागी हुनुभएका नेपालगंज उ.म.न.पा.वडा नं.९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले “ब्यानरमा उल्लेख गरिएको स्लोक, छिमेकीसंग प्रेम बाँड्दै, हेरेर एकदमै प्रभावित भएको र जिवन भनेको अरूलाई सहयोग गर्नका निम्ति दिएको हो भन्नुभयो । मेरै निर्वाचित क्षेत्र वडा नं.९ मा रहेको सेवा आश्रममा यहाँहरूको मण्डली र मण्डलीका सदस्यहरूले गरेको सेवाको कार्य सबै भन्दा महान कार्य हो। ” भन्नुहुँदै कृतज्ञता व्यक्त गर्नुभयो । परमेश्वरको मण्डलीका सदस्य मिन बहादुर पुन मगरले “ परमेश्वरले छिमेकीहरूलाई आफुलाई जस्तै प्रेम गर्नु भन्ने शिक्षालाई यो कार्यक्रमद्वारा व्यवहारमा लागु गर्न पाउँदा अतिनै खुसीले प्रभावित भएको कुरा जानकारी दिनुभयो ”। प्रशस्त ऊर्जाले भरिएका स्वयंसेवकहरूलाई देखेर त्यहाँका बुबा-आमाहरूको मुहारमा हाँसो देखियो ।
त्यसै गरी सेवा आश्रामका सस्थापक अध्यक्ष डा. सरिता खनालले यहाँहरूले गर्नुभएको सेवा प्रति आभारी छोँ भन्नुहुँदै आगामी सयममा पनि मण्डलीसँगै सहकार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।
परमेश्वरको मण्डलीले निरन्तर रुमपा विभिन्न तरिकाद्वारा छिमेकीहरुलाई प्रेम बाँड्दैआएको छ । काठमाडौंको शान्तिनगरमा अवस्थित वृद्धाश्रम, बागमती प्रदेश ललितपुरको मञ्जुश्री वृद्धाश्रम, हेटौंडाको दिव्य निकेतन वृद्धाश्रम आदिको भ्रमण गरेर केश काटछाँट तथा सिङ्गार सेवा, सरसफाइ सेवा आदिद्वारा वृद्ध बुबा-आमाहरूलाई खुशी प्रदान गर्दै आएको छ ।
यसले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा कोशी प्रदेशको दमक सृजना चेतना आधारभूत प्राथमिक विद्यालयमा १०० वटा स्कुल ब्याग वितरण गरेको छ । अनि बागमती प्रदेशको श्री काउकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा शिक्षण प्रयोजन कम्प्युटर वितरण गर्दै, भविष्यका कोपिलाहरूलाई समर्थन गरेको छ । सन् २०१५ मा महाभूकम्प जाँदा पनि परमेश्वरको मण्डलीले २ ठाउँका प्राथमिक विद्यालयको कक्षाकोठा पुनर्निर्माण गरिदिनुका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धारको कार्य गरेको छ । त्यसै गरी उच्च हिमाली विकट गाउँका १,००० घरपरिवारका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न आपूर्ति गरेको छ ।
यो वर्षचाहिँ मण्डलीको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘विश्वव्यापी आशा च्यालेन्ज’ सक्रियतापूर्वक सञ्चालन गर्दै आएको छ । आशा च्यालेन्जचाहिँ ‘सङ्कटमा परेको विश्वव्यापी गाउँलाई आशा प्रदान गरौं’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय समुदाय दिगो विकास लक्ष्य (SDGs) सँगसँगै कदम चाल्दै जलवायु परिवर्तन प्रतिक्रिया, गरिबी तथा भोकमरी उन्मूलन, दिगो र सुरक्षित समाज निर्माण आदि ६ विधामा सञ्चालन गरिएको थियो ।
देशभित्रचाहिँ काठमाडौँको टोखा, बागमती प्रदेशको नील बाराही वनभोज स्थल, चितवन राष्ट्रिय निकुञ्ज, बनेपा, सुदूर पश्चिमको टीकापुरमा फोहोर तथा प्रज्ज्वलनशील पदार्थ सङ्कलन गर्दै वनलाई स्वच्छ र सुरक्षित राख्ने आशाको वन क्याम्पेन आयोजना गरिएको थियो । काठमाडौँको सिग्डोल गाउँ वन र कोशी प्रदेशको रतुवाखोला नदी परिसरमा कुल १,०५० वटा वृक्षारोपण पनि गरिएको थियो । आशाको वन क्याम्पेनचाहिँ परमेश्वरको मण्डलीले कार्बन न्यूनीकरण गर्नमा र हरियालीलाई विस्तार गर्नमा योगदान पुऱ्याउने गतिविधि हो । काठमाडौँको भङ्गार धोबीखोला, बागमती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको बर्दाघाट आदि क्षेत्रहरूमा पनि ‘प्लास्टिकको फुटप्रिन्ट हटाउने’ क्याम्पेन गरेको थियो । ‘प्लास्टिकको फुटप्रिन्ट’ भन्नालेम मानव-जातिले प्रयोग गरेर फ्याँकेको प्लास्टिकको कुल मात्रा हो ।
यस्तो व्यापक परोपकारी कार्यहरू विश्वका प्रत्येक ठाउँहरूबाट निरन्तर रूपमा भइरहेको छ ।
१७५ वटा देशहरूमा ७,८०० ठाउँमा स्थापित भएको, अनि ३७ लाख जना सन्तहरू आबद्ध रहेको यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग इत्यादि २९,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू क्रमिक रूपमा गर्दैआएको छ । यस्तो परोपहारी कार्य गरेबापत् गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुभेली राष्ट्रिय सभाबाट पदक, ब्राजिलबाट विधायिकी पदक इत्यादि प्रत्येक देशको सरकार र निकायहरूबाट ४,८०० पटकभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालभित्र पनि बागमती प्रदेश समाज विकास मन्त्रालय, बूढानीलकण्ठ नगर परिषद, र नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट प्रशंसा-पत्र, सराहना-पत्र आदि प्राप्त गर्दैआएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
