पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरुले गरे शपथ ग्रहण | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरुले गरे शपथ ग्रहण

(तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 3 मिनेट
पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरुले गरे शपथ ग्रहण : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार शपथ ग्रहण गरेका छन् ।

पत्रकार महासंघ भक्तपुरको शपथ ग्रहण नयाँ थिमीस्थित यचु पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच निर्वाचन समिति सम्योजक केदार खड्का, निर्वाचन समिती सदस्य रविन्द्र प्रधान र बालमुकुन्द सुवालले उनीहरुलाई पद तथा सपथ ग्रहण गराएका हुन ।

गत मङसिर २८ गते सम्पन्न भएको महासंघ भक्तपुरको निर्वाचनमा एक जना अध्यक्ष सहित १८ जना पदाधिकारी निर्वाचित भएका थिए ।

निर्वाचित सबैजना आज पद तथा गोपनीयताको शपथ लिँदै पदभार सम्हालेका छन्। निर्वाचित पत्रकार महासंघ भक्तपुरको अध्यक्ष सुन्दर शिल्पकारले आजदेखि पदभार ग्रहण गरेका छन्।
नवनिर्वाचित अध्यक्ष शिल्पकारसँगै निर्वाचित भएका उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की  राजल छुँका हरिसुन्दर , कोषाध्यक्षमा राम गोपाल तमखुले शपथ ग्रहण गर्दै  बुधबारदेखि पदभार सम्हालेका छन्।

त्यस्तै केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी र महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा नारायण थापा,मणिराम लामिछाने, मनोज कुमार फुयाँल, पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कारले सपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा प्रमुख अथिती धर्भेन्द्र झा, नेपाल पत्रकार  महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष जगत प्रजापती नव निर्वाचित अध्यक्ष सुन्दर शिल्पकार आदिको उपस्थिति रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x