सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीतर्फको आजदेखि बहस | Jana Aawaj News

सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीतर्फको आजदेखि बहस

पढ्न लाग्ने समयः < 1 मिनेट
सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीतर्फको आजदेखि बहस : Jana Aawaj News
file photo

भक्तपुर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबारदेखि प्रतिवादीहरूतर्फको बहस सुरु हुने भएको छ । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्र्टी रास्वपाका सभापति रवि लामिछाने सहितका प्रतिवादीतर्फको बहस आजदेखि हुने भएको हो ।

आज प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्ने बताइएको छ भने, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बहस भइरहेको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीको तर्फबाट बहस भएको थियो । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित रहेको थिए ।

 

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न