भक्तपुर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक्कासी बढेको छ । बिहीबार प्रतितोला ५०० सय रूपैयाँ बढेको सुनको भाउ आजको दिन प्रतितोला २००० रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५१ हजार ५०० सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको छ ।