ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न | Jana Aawaj News

ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न : Jana Aawaj News

रशिला थापा भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल ( ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन मिति २०८१ पुष १९ गते शुक्रवारका दिन भक्तपुरको रानीकोट स्थित भिलेज हाईल्याण्ड रिसोर्टमा सम्पन्न भएको छ।

११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको यस अधिवेशन मार्फत क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन हुनुभएको छ भने सुर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य उपाध्यक्ष, पारिजात विद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा सचिब, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा कोषाध्यक्ष र ग्लोवल एकेडेमी का प्रिन्सिपल के. वी. ङाखुसी सहसचिवमा चयन हुनुभएको छ। त्यसैगरी मदरल्याण्ड ईङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्लिस स्कुल का प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स ईङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग सदस्यमा चयन हुनुभएको छ।

एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रमहरु, बिद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि संचालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था वि.स. २०५७ मा स्थापना भएको थियो।
यस अधिवेशन मार्फत संस्थालाई सदस्य विद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष संचालनलाई भावी योजनाका रुपमा अगाडी बढाउने योजना सहित अधिवेशन सम्पन्न भएको अध्यक्ष जिबि खड्का जानकारी दिनुभयो।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न