नेपाल पत्रकार महासंघ  जिल्ला शाखा भक्तपुरको  २८ औं  स्थापना दिवस मनाइदै | Jana Aawaj News

नेपाल पत्रकार महासंघ  जिल्ला शाखा भक्तपुरको  २८ औं  स्थापना दिवस मनाइदै

पढ्न लाग्ने समयः 2 मिनेट
नेपाल पत्रकार महासंघ  जिल्ला शाखा भक्तपुरको  २८ औं  स्थापना दिवस मनाइदै : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । आज नेपाल पत्रकार महासंघ  जिल्ला शाखा भक्तपुरको  स्थापनाको २८ वर्षको उपलक्षमा शुभकामना आदान प्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम मनाइएको छ । २८ वर्ष अघि आजकै दिन जिल्ला शाखाले मान्यता पाएको थियो ।

पत्रकार रमेश खड्का नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संस्थापक अध्यक्ष रहेका हुन् । क्रमशः त्यसयता बिकल श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर सिल्पकारको नेतृत्वमा भक्तपुरको पत्रकार महासंघ रहेको छ ।

सूर्यविनायकको गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा महासंघको स्थापना दिवस औपचारिक रुपमा मनाइएको छ ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, काठमाडौ पत्रकार महासंघका अध्यक्ष सोभा अर्याल , ललितपुर पत्रकार महासंघका अध्यक्ष रामहरी कार्की, उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, वरिष्ठ पत्रकार कबिर राणा,  निवर्तमान अध्यक्ष जगत  कृष्ण प्रजापती र पुर्व अध्यक्ष पुष्कर बुढाथोकी  लगायतको उपस्थिति  रहेको थियो ।


विगतमा समयमा स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न  पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएको कारण सो कार्य भने गर्न नसकिने महासंघले जानकारी गराएको छ । भक्तपुर पार्टी भेन्यूमा शुभकामना आदानप्रदान गरी स्थापना दिवस मनाइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न