सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएमा कारबाही गर्ने | Jana Aawaj News

सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएमा कारबाही गर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएमा कारबाही गर्ने : Jana Aawaj News

काठमाडौ । सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले हिजो एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । समन्वय इकाइले शिक्षकले राजनीतिकमा भाग लिन नपाउने कानुनी व्यवस्था हुँदा हुँदै विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय राजनीतिमा सहभागी भएकाले पठनपाठन प्रभावित हुँदै गएको जनाएको छ । शिक्षा ऐन २०२८ ९संशोधनसहित०को दफा १६ उपदफा ५ को ‘छ’ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई नोकरीबाट हटाइनेछ प्रावधान छ । यस्तै‚ शिक्षा नियमावलीमा पनि ऐनमा व्यवस्था भएबमोजिम कारबाही हुने प्रावधान छ ।

जन आवाज न्युज
+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न