
एजेन्सी । रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनले दाबी गरेको छ । उक्त हमलामा अन्य ३२ जना घाइते भएको बताइएको छ ।
यसैगरी युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको बताइएको छ । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको बताइएको छ ।
यस्तै ?सले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसको आतंकवाद’ विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह समेत गरेका छन् ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news







 Total views : 295477
 Total views : 295477
 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



