पत्रकार प्रजापतिको उपचारका लागि पत्रकार महासंघ भक्तपुरको आर्थिक सहयोग | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

पत्रकार प्रजापतिको उपचारका लागि पत्रकार महासंघ भक्तपुरको आर्थिक सहयोग

पढ्न लाग्ने समयः < 1 मिनेट
पत्रकार प्रजापतिको उपचारका लागि पत्रकार महासंघ भक्तपुरको आर्थिक सहयोग : Jana Aawaj News

भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ ।

दुई महिनादेखि उपचाररत प्रजापतिको उपचारमा सघाउ पुर्‍याउन शाखाले संकलन गरेको २९ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो ।

प्रजापतिको निवास पुगेर सो शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

लामो समय पत्रकारिता गर्दै आएका पत्रकार प्रजापतिलाई सहयोग गर्न शाखाको मातहतमा रहेको पत्रकार कल्याण कोषबाट १० हजार तथा विभिन्न सञ्चारकर्मीबाट १९ हजार गरी कूल २९ हजार हस्तान्तरण गरिएको अध्यक्ष सिल्पकारले जानकारी दिनुभयो । साथै अझ उठेका रकम आगामी दिनहरुमा हस्तान्तरण गर्दै जाने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश कार्यालयमा पनि प्रजापतिको उपचारका लागि आर्थिक सहयोगको माग गरिएको समेत उहाँले जानाकरी दिनुभयो ।

प्रजापतिको हालसम्म लाखौं रुपैयाँ खर्च भइसकेको र आगामी दिनमा पनि उपचार खर्च लाग्ने उनकी श्रीमतीले जानकारी गराइन् । उपचारका लागि खर्च रकम परिवार, आफन्त र पत्रकारहरुबाट जुटेको उनले बताइन् । केही रकम उपलब्ध गराएमा जिल्ला शाखालाई धन्यबाद ज्ञापन समेत व्यक्त गरिन् ।

दुई महिना अघि हृदयघात भई मुटुको शल्यक्रिया गरेका प्रजापति हाल भने निवासमै आराम गरी रहेका छन् । उनको माघ ४ गते शल्यक्रिया गरिएको उनकी श्रीमतीले जानकारी दिइन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश
2 स्रष्टा दिव्या बज्राचार्यले गरे स: दबू साहित्यमा एकल लघुकथा वाचन
3 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
4 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x