
जन आवाज न्युज/नेपालगञ्ज । विश्वव्यापी कल्याणकारी संस्था अन्तराष्ट्रियवीलभयू फाउन्डेशनले नेपालगञ्जमा रक्तदान अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
आमाको प्रेम सारा संसारमा भन्ने मुल नाराका साथ ६८० औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रममा करीब ४०० जना सहभागीहरु मध्ये १८४ जनाले रक्तदान गर्नुभयो । वीलभयूले ३० तारिखमा लुम्बिनी प्रदेशको नेपालगञ्जमा विश्वव्यापी रक्तदान अभियान सम्पन्न गरेको थियो । वीलभयूका एक अधिकारीका अनुसार “अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो । जीवनको मूल्यको कदर गर्दै सदस्यहरू एउटै चित्तका भएर रक्तदानमा सहभागी भएका छन् । यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुर्याउनेछ भन्ने आशा गर्दछ ।”
सन् २००४ मा कोरियाबाट सुरु भएको यो ‘रक्तदान अभियान’ एक व्यक्तिबाट सुरु भएको प्रेमपूर्ण कार्य दुई जना, चार जना गर्दै बढ्दैगएर सम्पूर्ण मानव-जाति सहभागी होऊन् भन्ने आशा बोकेको जीवन बचाउने अभियान हो । यो वर्ष २२ औँ वर्षमा प्रवेश गर्दै गर्दा ६४ वटा देशबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरेका छन् । वीलभयूले नेपालमा पनि काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न क्षेत्रहरूमा रक्तदान कार्यक्रम आयोजना गरी जीवन बाँड्ने कार्यमा योगदान पुर्याएको छ ।
भेरी बस व्यवसायी प्रा।लि।को सभाहलमा आयोजित रक्तदान कार्यक्रममा धनगढी, टीकापुर, वीरेन्द्रनगर जस्ता विभिन्न ठाउँबाट वीलभयूका सदस्यहरू, उनीहरूको परिवार तथा छिमेकीहरू गरी करीब ६२ जनाले सहभागिता जनाएका थिए । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यक्रम संचालन भएको थियो ।
नेपाल रेडक्रसले सामूहिक रक्तदानप्रति आभार प्रकट गर्दै रक्तदानको लागि आवश्यक जनशक्ति तथा उपकरणहरू र रक्तदाताहरूका लागि खाजाको प्रबन्ध मिलाएको थियो । कार्यक्रममा सहभागी भएका नेपाल रेडक्रस सासाइटी लुम्बिनी प्रदेशका उप–संयोजक तथा प्रादेशिक रक्तसंचार बाकेका संयोजक राजकुमार बर्माले आज यस संस्थाले गरेको यो कार्यक्रमले रगतको अभावले छटपटायका मानिसहरुलाई मलहम लगाउने काम गर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका जिल्ला सभापती हरिपालसिंह के.सीले आफ्नो पार्टीको साथ सहयोग रहने बताउदैं शुभकामला प्रदान गर्नुभयो ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले रक्तदान महान दान हो, त्यसैले मानवले मानवलाई सहयोग गर्ने हा भन्दै कार्यक्रमलाई निरन्तरता दिदैं आफ्नो उपमहानगरपालिका र वडाको तर्फबाट निरन्तर साथ सहयोग निरन्तर रहिरहने बताउनुभयो ।
वीलभयूचाहिँ यूएनडिजिसीसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था हो, र यसका ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दैआएका छन् । वीलभयूले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू करीब ४,५०० पटक आयोजना गरिसकेको छ । सो कार्यको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।
नेपालमा पनि २०७२ सालको भूकम्पका बेला भूकम्प पीडितहरूका लागि राहत कार्य, रूपन्देहीमा भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण, कोभिड-१९ महामारीको सामना गर्न क्वारेन्टाइन सामग्रीहरू अनुदानमा पनि सक्रिय रूपमा सहभागी भएर वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरी उपमहानगरपालिकाबाट प्रशंसा-पत्र, कीर्तिपुर नगरपालिकाबाट कदर-पत्र, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट सम्मान-पत्र जस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ ।
भविष्यका कर्णधारहरूलाई समर्थन गर्ने कार्यमा पनि सरिक हुँदै वीलभयूले यसै वर्ष भक्तपुरको मध्यपुर ठिमी वडा नं. १मा अवस्थित श्री सरस्वती विद्यालयमा साइनबोर्ड जडान गरेर घेराबार मर्मत गरिदिनुका साथै पंखाहरू पनि सहयोग गरेको छ । त्यसै गरी वीलभयूले कोशी प्रदेशको ईटहरीस्थित श्री सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम सहयोग गरी शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुर्याएको छ ।
यसको अतिरिक्त वीलभयूले पहाड, समुद्र, खोलानाला, सहरको सडक र पार्क जस्ता ठाउँहरूलाई सफा गरी सजाउने वातावरणीय कल्याण गतिविधि ‘क्लिन वल्र्ड अभियान’का साथै विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारक, हरितगृह ग्याँसलाई न्यूनीकरण गर्न वृक्षारोपण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ प्रोजेक्ट पनि आयोजना गरेको छ । सोही प्रोजेक्टअनुरूप वीलभयूले बागमती प्रदेशको चन्द्रागिरीमा अवस्थित टिकटक सेल्फी पार्क र कागेश्वरी मनोहराको शहीद पार्कमा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ गरेर छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गरेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
