अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा दुवाकोटमा रक्तदान सम्पन्न | Jana Aawaj News

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा दुवाकोटमा रक्तदान सम्पन्न

करीब २ सय ५० जना सहभागी

पढ्न लाग्ने समयः 4 मिनेट
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा दुवाकोटमा रक्तदान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ६८७ औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत भक्तपुर चाँगुनारायणको दुवाकोटमा अवस्थित दुवाकोट बैंक्वेट पार्टी प्यालेस हलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको ‘विश्वव्यापी रक्तदान अभियान’मा सहभागी हुन भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूको परिवारहरू र छिमेकीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वीलभयूका अध्यक्षज्यूले भन्नुभयो, “अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो । जीवनको कदर गर्दै सो कार्यलाई व्यवहारमा लागू गर्न सदस्यहरू एउटै चित्तका भएर सहभागी भएका छन् । यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।” नेपाल रेडक्रस भक्तपुर शाखाले प्राविधिक सहयोग तथा चाँगुनारायण नगर पालिका वडा नं २ ले रक्तदान स्थल र रक्तदाताहरूका लागि खाजाको प्रबन्ध मिलाएको थियो।

कार्यक्रममा उपस्थित चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीज्यूले “रक्त अभाव भइरहेको वर्तमान समयमा यस संगठनले पुर्याएको कल्याणकारी कामको लागि कदर गर्दै प्रशंसा गर्नुभयो ।”

रक्तदान कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं २ का वडाध्यक्ष सोम प्रसाद प्रधानज्यूले पनि रक्तदाताहरूलाई प्रोत्साहन दिनुहुँदै आगामी दिनमा साथ र सहयोगको लागि आह्वान गर्नुभयो।

सहभागीहरू चिकित्सा जाँचदेखि रक्तदानसम्म क्रमबद्ध रूपमा सहभागी भएका थिए । रक्तदान गरेका वीलभयूका सदस्य २५० जनामध्ये ११९ जनाले रक्तदान गर्नुभएको थियो । उक्त कार्यक्रममा ५६,३०० एम. एल. रगत संकलन भएको थियो । रक्त अभावका कारण उपचार गर्न कठिनाइ भोगिरहेका अस्पतालहरूलाई यसले ठूलो सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ ।

वीलभयूको रक्तदान कार्यक्रम यसको दुई दिनपछि यही फेब्रुअरी १२ तारिखमा काठमाडौंको बूढानीलकण्ठ र मधेश प्रदेशस्थित जितपुरसिमरामा पनि आयोजना हुँदैछ । यसअघि जनवरी ३० तारिखमा लुम्बिनी प्रदेशस्थित नेपाल नेपालगञ्जमा र यही महिनाको ५ तारिख ललितपुरमा पनि आयोजना गरिएको थियो । आजपर्यन्त वीलभयूले काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर अमूल्य जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ । सन् २००४मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो । अहिलेसम्म ६४ वटा देशहरूबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन् ।

यस संस्थाले रक्तदान गर्नुको साथै विभिन्न तरिकाले मानव कल्याणका गतिविधिहरू गर्दैआएको छ । सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्‌का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको छ । यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित छ । बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमीस्थित श्री सरस्वती विद्यालयको लागि साइनबोर्ड जडान, घेराबार मर्मत तथा पंखा सहयोग, कोशी प्रदेशस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा खैल मैदानको लागि जग्गा खरिद रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत वीलभयूले शैक्षिक वातावरण सुधारका लागि पनि पहल गरेको छ ।

वीलभयूले आफ्ना छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गर्न वातावरणीय कल्याणकारी गतिविधि, ‘क्लिक वर्ल्ड अभियान’ आयोजना गर्नुका साथै विश्वव्यापी तापमान वृद्धिको मुख्य कारण रहेको हरितगृह ग्याँसलाई कम गर्न ‘आमाको उद्यान(Mom’s Garden)’ प्रोजेक्टमार्फत वृक्षारोपण पनि गर्दछ । वीलभयूले बागमती प्रदेशको चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ पनि गरेको छ ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग(UNDGC)सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो । ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्‌कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् । यसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

+ posts
ताजा
1 नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
2 मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ
3 मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली
4 स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न