नेसनल प्याव्सन भक्तपुरको एकल गायनमा ईडेन प्रथम | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको एकल गायनमा ईडेन प्रथम

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सन भक्तपुरको एकल गायनमा ईडेन प्रथम : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत संस्कार गुरूकूलको आयोजनामा आइतबार सम्पन्न एकल गायन प्रतियोगिताको आधारभूत तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम र माध्यमिक तहमा पनि ईडेन गार्डेनकी सुप्रिया प्रधान प्रथम भएका छन् ।

नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा प्रतिस्पर्धा भएको उक्त एकल गायन प्रतियोगिताको आधारभूत तहको द्धितीय स्थान मदरल्याण्ड स्कुलको सविन गुइदे, तृतीय स्थान ऋतम्भरा स्कुलकी साकिरा लामा र सान्त्वना स्थान रुबी भ्यालीकी एन्जल मोक्तान हुन सफल भएका छन् । त्यसै गरी माध्यमिक तहको द्धितीय स्थानमा विमल मेमोरियल विद्यापीठकी अनु वादी, तृतीय स्थानमा रूबी भ्यालीको यूजेन लामा र सान्त्वना स्थानमा पारीजात विद्याकुन्जको असिम थापा विजेता भएका छन् ! एकल गायन प्रतियोगिताको निर्णायक मण्डलमा मित्र केसी, कृष्णराम खत्री र गोपाल पहाडी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत हरेक तहका विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम गर्दै आएको र यस्ता प्रतियोगितात्मक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेकोमा सदस्य विद्यालयलाई संस्थाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो । साथै प्रमुख अतिथि खड्काले विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

आयोजक विद्यालय संस्कार गुरूकूलका संस्थापक प्रिन्सिपल अमन हितागंले आफ्नो विद्यालयलाई नेसनल प्याव्सन भक्तपुरले कार्यक्रम आयोजना गर्ने जिम्मा दिएकोमा संस्था प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउनका लागि सदैव अग्रसर रहने बताउनुभयो ।

+ posts

 

 

ताजा
1 सेवामा अवरोध नगर्न आग्रह
2 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
3 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
4 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न