नेपाली कांग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न | Jana Aawaj News

नेपाली कांग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न

६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली कांग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न : Jana Aawaj News

काठमाडौं । नेपाली कांग्रेसले ५४ जिल्लाको पालिका अधिवेशन सम्पन्न गरेको छ । यस्तै ६९ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको छ ।

नेपाली कांग्रेसको प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न भने बाँकी रहेको बताइएको छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका छन् ।

कांग्रेसले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जानकारी गराएको छ ।
५४ जिल्लामा गाउँ र नगरस्तरीय अधिवेशन सुरु भएको तथा काठमाण्डौ, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लाहरुमा असोज १६ गतेसम्म सकिने केन्द्रीय निर्वाचन समितिले जानकारी गराएकोे छ ।
यस्तै समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित तहमा खटिएका निर्वाचन अधिकृतलाई मिति तोकेर अधिवेशन पुन गराउन अधिकार दिएको समेत बताएको छ ।

नेपाली कांग्रेसको प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न भने बाँकी रहेको बताइएको छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका छन् ।

वडाअधिवेशन हुन बाकि रहेका जिल्लाहरुमा भने, दशैं अघि नै अधिवेशन प्रक्रिया सुरु गरी गर्ने महाधिवेहनका लागि तयारी गर्ने बताएको छ ।
यसैगरी हिमाली जिल्लाहरुमा अहिलेको महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लाहरुमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गर्दै कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ ।

 

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न