
काठमाडौं । नेपाली कांग्रेसले ५४ जिल्लाको पालिका अधिवेशन सम्पन्न गरेको छ । यस्तै ६९ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको छ ।
नेपाली कांग्रेसको प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न भने बाँकी रहेको बताइएको छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका छन् ।
कांग्रेसले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जानकारी गराएको छ ।
५४ जिल्लामा गाउँ र नगरस्तरीय अधिवेशन सुरु भएको तथा काठमाण्डौ, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लाहरुमा असोज १६ गतेसम्म सकिने केन्द्रीय निर्वाचन समितिले जानकारी गराएकोे छ ।
यस्तै समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित तहमा खटिएका निर्वाचन अधिकृतलाई मिति तोकेर अधिवेशन पुन गराउन अधिकार दिएको समेत बताएको छ ।
नेपाली कांग्रेसको प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न भने बाँकी रहेको बताइएको छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका छन् ।
वडाअधिवेशन हुन बाकि रहेका जिल्लाहरुमा भने, दशैं अघि नै अधिवेशन प्रक्रिया सुरु गरी गर्ने महाधिवेहनका लागि तयारी गर्ने बताएको छ ।
यसैगरी हिमाली जिल्लाहरुमा अहिलेको महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लाहरुमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गर्दै कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 




 Total views : 295865
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


