परमेश्वरको मण्डलीद्वारा ललितपुरको बाडेगाउँमा सरसफाइ अभियान सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा ललितपुरको बाडेगाउँमा सरसफाइ अभियान सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्वारा ललितपुरको बाडेगाउँमा सरसफाइ अभियान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ललितपुरको बाडेगाउँमा ८,५९५ औं विश्वव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सभापति तेजेन्द्र गौतमले १७५ वटा देशहरुमा रहेको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने  हाम्रो परमेश्वरको मण्डलीले परमेश्वरको शिक्षा बमोजिम संकटमा परेका विश्वव्यापी गाउँहरूमा आशा बाडौं भन्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय दिगो विकास एसपीजीसँग पाइला चाल्दै जलवायु परिवर्तन प्रतिक्रिया, गरिबी तथा भोकमरी उन्मूलन, शैक्षिक सहयोग,स्वास्थ्य तथा स्वच्छ वातावरण लगायतका विविध कार्यक्रमहरू नियमित रुपमा गर्दै आइरहेको छ।जस अन्तर्गत आज गोदावरी नगरपालिका स्थित बाँडेगाउँ सडक सरसफाई बृहत रुपमा गर्न लागिरहेका छौँ।  यो परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आयोजित गरेको  ८५९५ औँ विश्वव्यापी वातावरण सरसफाई  हो  ।

यसैगरी गोदावरी नगरपालिका नगर उपप्रमुख  मुना अधिकारीले परमेश्वरको मण्डली विश्वसुसमाचार समाजद्वारा आयोजित यो महत्त्वपूर्ण कार्यक्रम  हो र आज आफ्नो सबै कुरा समर्पित गरेर आफू स्वस्थ हुनुपर्छ वातावरण स्वस्थ बनाउनुपर्छ भन्ने उद्देश्यका साथ सहभागी हुनुभएका सम्पूर्ण स्वयंसेवक साथीहरूलाई गोदावरी नगरपालिकाको तर्फबाट सह हृदयले धन्यवाद दिन चाहन्छु।  वास्तवमा हामी आफैंले सफा हुने अनुभूतिआफूभित्रबाट जागरूप हुनुपर्छ हामीले सडक सफा गर्छौं र कुनै सङ्घसंस्थासँग मिलेर सफा गर्छौं तर एकछिनको लागि हुन्छ। तर यो संस्थाले आफूभित्रबाट सफा हुनुपर्छ भन्ने जागरुकता सहित समाजमा पनि जागरुकता ल्याएको छ। त्यसैले आज यस कार्यक्रम मार्फत यो  संस्थालाई विशेष धन्यवाद दिनुभयो ।

यस्तै गोदावली नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष निरज बज्राचार्यले आज यो शुभ बिहानीमा यस वडामा रहेको परमेश्वरको मण्डलीद्वारा शुभ कार्य स्वरूप सरसफाई कार्यक्रम आयोजित गर्नुभएको छ। यो १४ नम्बर वडादेखि तीन नम्बर वडाको सिमानासम्म सरसफाईमा सहभागी हुनुभएका सम्पूर्ण स्वयंसेवकज्यूहरू तथा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो नगरलाई सुन्दर र स्वच्छ बनाउने हाम्रो परिकल्पना चाहनालाई यो मण्डलीले सधैंभरि साथ र सहयोग गर्दै आउनुभएको छ। यो भन्दा पहिला पनि उहाँहरूले वृक्षरोपण  सम्पन्न गर्नुभएको थियो। हामी सामाजिक प्राणी भइसकेपछि समाजमा योगदान गर्नुपर्छ भन्ने कुरालाई यो मण्डलीले हामीलाई सिकाएको छ। उदाहरण लगातार दिँदै आएको छ। उहाँहरू उदाहरणीय काम गर्न र समाजमा योगदान पुर्याउन सधैंभरि तत्पर हुँदै सक्रिय रूपमा कार्य गर्दै आइरहनुभएको छ। त्यसैले  हाम्रो नगरपालिकाको तर्फबाट साथै  १४ नम्बर वडाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट  हृदय देखि नै धन्यवाद दिन चाहन्छु।

गोदावरी मण्डलीका मण्डली प्रमुख शम्भु नारायण  श्रेष्ठले भर्खर आइक्यु एयर अध्ययनले नेपालको काठमाडौँ सहर चाहिँ विश्वकै प्रदूषित सहरको रुपमा चाहिँ उल्लेख गरेको थियो। यो अध्ययनले चाहिँ काठमाडौँ सहर कति प्रदूषित र फोहोर छ भन्ने कुरा देखाउँदछ। हाम्रो परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८५९५ औं  वातावरण सरसफाई गरेको छ आज हामीले एक किलोमिटर जति सडक सरसफाई गरेका छौँ प्राय गरेर रोग लाग्नुकै कारण नै अस्वस्थकर र प्रदूषित वातावरण हो त्यसैले स्वयंसेवाको कामचाहिँ परमेश्वरको मण्डलीले अहोरात्र गरिरहेको छ यो सरसफाई चाहिँ मानव जीवनसँग सम्बन्धित छ त्यसैले परमेश्वरको मण्डलीले सधैं जागरुकता देखाउँदै आएको छ। तर परमेश्वरको मण्डलीले मात्रै जागरुकता देखाउँदैमा यो सम्भव हुने होइन तर नागरिक स्तरबाट नै यो कार्यमा जागरुकता हुनुपर्दछ। त्यसो भयो भने हामीहरु स्वस्थ वातावरणमा स्वस्थकर जीवन जिउन सक्नेछौँ भन्नुभयो ।

+ posts