
ललितपुर । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आइतबार शुभारम्भ भएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको हो । प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लव, नेपाल र ब्लाक बोल्ट क्लव, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उहाँलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो । कलाकारहरु बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






 Total views : 295517
 Total views : 295517
 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



