प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट | Jana Aawaj News

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट : Jana Aawaj News

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ ।

भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुुई लाख हस्तान्तरण गरियो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुुहुुन्थ्यो ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु. पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

+ posts