प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट | Jana Aawaj News

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट : Jana Aawaj News

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ ।

भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुुई लाख हस्तान्तरण गरियो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुुहुुन्थ्यो ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु. पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न