नेकपा एमालेद्वारा चाँगु-नगरकोट पदयात्रा सम्पन्न (तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

नेकपा एमालेद्वारा चाँगु-नगरकोट पदयात्रा सम्पन्न (तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 2 मिनेट
नेकपा एमालेद्वारा चाँगु-नगरकोट पदयात्रा सम्पन्न (तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर ।  स्थानीय पर्यटन विकास गरी रोजगारीको अवसर सिर्जना गरौं भन्ने मुल नाराका  साथ चाँगु- नगरकोट पदयात्रा कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

शुक्रबार नेकपा (एमाले) जिल्ला कमिटीको वडा केन्द्रित ३ महिने अभियान अन्तर्गत र नगरकोट भ्रमण वर्ष २०८२ प्रर्वधनको लागि चाँगु-नगरकोट पदयात्रा कार्यक्रम २०८१ चाँगुनारायण वडा नम्बर ४ को हजार सिडिबाट तेलकोट हुँदै नगरकोट १५ कि. मि. को पदयात्रा गरेको हो ।


नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाका अनुसार नगरकोट भ्रमण वर्षको प्रचार गर्ने उदेश्यले भक्तपुरलाई देश विदेशमा चिनाउनुका साथै जनताको घर दैलोमा गएर जोडिनको लागि पनि पदयात्राको आयोजना गरेको बताउनुभयो ।


भक्तपुरको पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित नगरकोट पद यात्राको माध्यमद्वारा आफ्नो जिल्लामा कस्तो कस्तो ठाउँ रहेछ भन्ने कुरा बुज्ने अवसर पनि भएको जानकारी  दिनुभयो ।


उक्त पदयात्रामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री महेश बस्नेत र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सोम मिश्र, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य सरस्वती बाटि लगाएतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न