
जन आवाज न्युज तुल्सीपुर । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा तुल्सीपुरमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“आमाको प्रेम सारा संसारमा” भन्ने मुल नाराका साथ आयोजना भएको रक्तदान नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र, दाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।रक्तदान कार्यक्रममाबसहभागी सङ्ख्या ७० जना मध्य ४५ जनाले रक्तदान गर्नुभएको थियो ।

वीलभयूका एक अधिकारीका अनुसार “अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो । जीवनको कदर गर्दै सो कार्यलाई व्यवहारमा लागू गर्न सदस्यहरू एउटै चित्तका भएर सहभागी भएका थिए । यसले रगत अभावका कारण मृत्युको मुखमा परेका मानिसहरूको जीवन बचाउने कार्य र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।
रक्त अभावका कारण उपचार गर्न कठिनाइ भोगिरहेका मानिसहरूलाइ र अस्पतालहरूलाई यसले ठूलो सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ ।

यसअघि सातै प्रदेशमा वीलभयूले काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगंज, जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर अमूल्य जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ ।
सन् २००४ मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो । अहिलेसम्म ६४ वटा देशहरूबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन् । यस संस्थाले रक्तदान गर्नुको साथै विभिन्न तरिकाले मानव कल्याणका गतिविधिहरू गर्दैआएको छ ।

सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड(१९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको छ । यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित छ ।

बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमीस्थित श्री सरस्वती विद्यालयको लागि साइनबोर्ड जडान, घेराबार मर्मत तथा पंखा सहयोग, कोशी प्रदेशस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा खैल मैदानको लागि जग्गा खरिद रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत वीलभयूले शैक्षिक वातावरण सुधारका लागि पनि पहल गरेको छ ।
वीलभयूले आफ्ना छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गर्न वातावरणीय कल्याणकारी गतिविधि, ‘क्लिक वर्ल्ड अभियान’ आयोजना गर्नुका साथै विश्वव्यापी तापमान वृद्धिको मुख्य कारण रहेको हरितगृह ग्याँसलाई कम गर्न ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्टमार्फत वृक्षारोपण पनि गर्दछ ।

वीलभयूले बागमती प्रदेशको चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ पनि गरेको छ ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग UNDGC सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो । ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् ।
यसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका नगर प्रमुख टिका राम खड्का, तुल्सीपुर उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष धर्मराज वली, तुल्सीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा निरिक्षक विमल के.सी, नेपाल रेडक्रस सोसाइटी दाका शाा प्रमुख विस्राम अधिकारी, नेपाल रेडक्रस सोसाइटी दाका उपसभापति हरिहर पौडेल,तुल्सीपुर उपमहानगरपालिका सुचना अधिकारी सविन के.सी, कार्यक्रम संयोजक राजकुमार थापा मगर, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लुम्बिनी प्रदेशका अध्यक्ष दिनेश नगरकोटी, वी लभ यू फाउन्डेसन घोराहीका प्रतिनिधि सरोज राइ, वी लभ यू फाउन्डेसन तानसेन पाल्पाका प्रतिनिधि धिरज राइ र वी लभ यू फाउन्डेसन बर्दाघाटका प्रतिनिधि सरोज लामा लगाएतको उपस्थिति रहेको थियो ।




-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351534










