
जन आवाज न्युज/क्यालिफोर्निया। नेपाली समुदायको विकास, उन्नति र प्रगतिमा फोटोग्राफीको माध्यमद्वारा अतुलनीय योगदान पुर्याउँदै आएका क्यालिफोर्नियाको बे एरियाका चर्चित फोटोग्राफर अर्जुन केसी क्यालिफोर्निया सरकारको तर्फबाट स्टेट टेजरर फियोना माद्वारा सम्मानित भएका छ्न्।
फोटोग्राफर केसीले पुऱ्याएको योगदानको प्रशंसा गर्दै स्टेट टेजररले नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया न्यान्स मार्फत सो सम्मान प्रदान गरेकी हुन् । न्यान्सका अध्यक्ष प्रितेश कार्कीले फोटोग्राफर केसीलाई स्टेट ट्रेजररको तर्फवाट उक्त सम्मानपत्र हस्तान्तरण गरेका थिए।

नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया न्यान्सले मार्च ०८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुका साथै नवनिर्मित सामुदायिक भवनको गृह प्रवेश गरेको कार्यक्रमकै सुअवसरमा केसीलाई उक्त सम्मान हस्तान्तरण गरिएको थियो।
फोटोग्राफर केसीले स्थानीय संस्था न्यान्सको अगुवाईमा क्यालिफोर्निया राज्यको तर्फबाट प्राप्त उक्त प्रशंसा र सम्मानले आफुलाई समुदाय समर्पित समाजिक कामहरु गर्न थप हौसला प्रदान गर्नुका साथसाथै आफुले गरेको कामको मूल्यांकन हुँदा गौरवान्वित महशुस भएको प्रतिक्रिया दिएका छ्न्।
क्यालिफोर्नियाको बे एरियामा आयोजित धेरैजसो समाजिक, साँकृतिक एवं सामुदायिक इभेन्ट्स, कन्सर्ट, विबाह, ब्रतवन्ध र महोत्सव जस्ता कार्यक्रमको अफिसियल फोटोग्राफर बनेका केसीको फ्रेममा नेपालका चर्चित नेतादेखि, कलाकार अनि अभियन्ता सबै समेटिएका छन् ।
अभिनेता राजेश हमाल, शिव श्रेष्ठ, भूवन केसी, अनमोल केसी, हरिबंश आचार्य देखि चर्चित गायक अमृत गुरुङ लगायत दर्जनौ कलाकार उनको फ्रेममा परेका छन् । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्ले र रंग पत्रकार प्रकाश सुवेदी उर्फ रजतपट अंकल ले त केसीको फोटोग्राफीको खुलेरै प्रशंशा गरेका छन् ।
अहिलेसम्म फोटोग्राफर केसीले ग्लोबल फिल्म फेस्टिबल, सुशान्त केसी, सुगम पोख्रेल, अन्जु पन्त, प्रमोद खरेल, स्वप्न सुमन, प्रकाश सपुत, हेमत शर्मा, हेमन्त राना, अस्मिता अधिकारी, जोन राई लगायत थुप्रै गायक गायिका र नेपालका चर्चित म्युजिकल ब्याण्ड: मन्त्र ब्याण्ड, एक्स ब्याण्ड, नेपथ्य,1974 एडी , द इलिमेन्टस, कबवेब मात्र हैन शान्तिश्री, ज्योति मगर, रचना रिमाल, करिश्मा ढकालको अब नाच्छ अमेरिका र सन्दिप क्षेत्री लगायत अन्य सात हाँस्य कलाकारहरुको अब हाँस्छ अमेरिका लगायतका अन्य धेरै कार्यक्रमहरुमा अफिसियल फोटोग्राफी गरेर सबैको मन जितिसकेका छ्न्।
त्यतिमात्र हैन, पूर्व युवराज्ञी हिमानी शाहपनि केसीको फ्रेममा अटाएकी छन् ।
यसअघि फोटोग्राफर केसीले क्यालिफोर्निया बे एरियाका विभिन्न संघ संस्थाको तर्फबाट थुप्रै सम्मान र प्रशंसा पत्र प्राप्त गरिसकेका छ्न्।
भक्तपुर सुर्यबिनायक स्थायी घर भएका फोटोग्राफर केसी सन् २००७ मा उच्च शिक्षा हाँसिल गर्न भक्तपुरबाट अमेरिका गएका थिए। हाल उनी क्यालिफोर्नियामा एक सफल प्रोफेसनल फोटोग्राफरको रुपमा परिचित छ्न्।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344274












