डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न | Jana Aawaj News

डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण शुक्रबार सम्पन्न गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुुर थिमी नगरपालिका शिक्षा स्वास्थ्य, सास्कृतिक सम्पदा संरक्षणका साथै भक्तपुरको पत्रकारीता विकासमा पनि काम गर्दै आइरहेको बताउनुभएको छ । नगरपालिकाले केही समय अगाडीमात्र मध्यपुर महोत्सव सम्पन्न गर्दै आन्तरिक तथा बाह्य पर्यटन आर्कषण गरेको भन्दै भक्तपुरका पत्रकारले महोत्सव सफल बनाउन सहयोग गरेको बताउनुभयो । अहिलेको युग डिजिटल युग भएकाले भक्तपुरका क्रियाशिल संचारकर्मीहरुको क्षमता अभिबृद्धि गर्न नगरपालिकाले महासंघ भक्तपुर शाखासँग सहकार्य गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अहिले लोकतन्त्रमाथि नै प्रहार भइरहेको भन्दै लोकतन्त्र रक्षा सबै दलहरु एक ठाँउमा आउनुपर्ने बताए उनले संचारकर्मीहरुले लोकतन्त्र बचाउन कलम चलाउनपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा विषेश अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव राम प्रसाद दहालले डिजिटल पत्रकारीतको युुगमा एआई भन्दा पनि पत्रकार एन्भान्स हुनुपर्ने बताउनुभयो । नेपालको पत्रकारीका खस्किएको जस्तो देखिएकाले एआई प्रविधि र डिजिटल प्रविधि सँगै पत्रकारीतालाई भक्तपुर सँगै एआई प्रविधि सँग जोडेर अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारले पत्रकारको क्षमता अभिबृद्धिमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले भक्तपुरको संचार क्षेत्रमा नयाँ आयामा थप्न डिजिटल पत्रकारीता र एआई प्रविधिको क्षमता अभिबृद्धि कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले डिजिटल पत्रकारीताको क्षेत्रमा एउटा ईट्टा थपिएको समेत बताउनुभयो ।

आगामी दिनमा पनि भक्तपुरको पत्रकारीता विकास गर्न विभिन्न एड्भान्स तालिमहरु संचालन गर्ने बताउनुभयो । भक्तपुरका क्रियासिल संचारकर्मीहरुलाई डिजिटल पत्रकारीता सम्बन्धी प्रशिक्षण विरेन्द्र धामी र एआई सम्बन्धी प्रशिक्षण जिवन भण्डारीले दिनुभएको थियो ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न