थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी | Jana Aawaj News

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

पढ्न लाग्ने समयः < 1 मिनेट
थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराउनुुभयो ।

यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताउनुुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ । उहाँले थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिनुुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न