गैरसरकारी संस्थाहरुले भोगेका समस्या चुनौती तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

गैरसरकारी संस्थाहरुले भोगेका समस्या चुनौती तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 3 मिनेट
गैरसरकारी संस्थाहरुले भोगेका समस्या चुनौती तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News
तस्बिर : जन आवाज संवाददाता

जन आवा न्युज/भक्तपुर । सोमबार गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुर र मध्यपुर थिमी नगरपालिकाको संयुक्त आयोजनामा गैरसरकारी संस्थाहरुले भोग्नुपरेका समस्या र चुनौती तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया साथै बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण हरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक सुकदेव पौडेलले लागू औषधका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

यसैगरी मध्यपुथिमी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र भट्टले मध्यपुर थिमी नगरपालिकामा भएका गैससहरूको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

यसैगरी गैसस भक्तपुरका रमेश गिरीले गैससहरूका समस्या तथा चुनौतीका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा गैसस केन्द्रमा हालै निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना पनि दिइएको थियो ।

यस्तै कार्यक्रमको सभापतित्वमा अनिता पाण्डे, अतिथिहरूमा गैसस केन्द्रका अर्जुन कुमार भट्टराई, प्रहरी निरीक्षक शुकदेव पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, मध्यपुर थिमी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र भट्ट, गैसस केन्द्रका उपमहासचिव किरण थापा, भवराज रेग्मी, सचिव जजराज शाही, सदस्य विष्णुदेवी रावल तथा केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पहलमान श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

 

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न