जन आवाज न्युज/भक्तपुर । “हाम्रो कला, आम्रो संस्कृतिः मध्यपुर थिमि हाम्रो सम्पत्ति” मर्यादित सहकारी समुन्नत समाज भन्ने मुल नाराका मध्यपुर थिमि नगरपालिकाले ६८ औ सहकारी दिवस को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार मध्यपुर थिमि नगरपालिकाद्वारा कमेरोटार खेल मैदानमा आयोजित मुल समारोह कार्यक्रममा वडा नं. १,२ र ३ को सानोठिमीबाट, वडा नं. ४ को शंखधर चोकबाट, वडा नं. ५ र ६ भुलांखेल, वडा नं. ७ को नगदेश बाट र वडा नं. ८ र ९ को बोडेबाट साँस्कृतिक झाँकीसहित प्रभातफेरि र्याली आयोजना गरिएको थियो ।
कार्यक्रममा नगरभित्रका करिव १ सय २८ वटा सहकारी संस्था मध्ये ९६ वटा सहकारी संस्थाबाट करिव ४ हजार सहकारीकर्मीहरुको सहभागीता रहेको थियो ।



र्यालीमा सहभागी संस्थाका विजेताहरुमा मध्यमा प्रथम हुन सफल सिद्विकाली साकोस, दोस्रो उपकार साकोस, तेस्रो श्री महालक्ष्मी साकोस र सान्त्वना पुरस्कार बालकुमारी साकोसले प्राप्त गरेको छ ।

उक्त कार्यक्रम मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



Related