मध्यपुर थिमि नपाद्धारा ६८ औ सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्बिरमा हेरौं) | Jana Aawaj News

मध्यपुर थिमि नपाद्धारा ६८ औ सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्बिरमा हेरौं)

पढ्न लाग्ने समयः 2 मिनेट
मध्यपुर थिमि नपाद्धारा ६८ औ सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्बिरमा हेरौं) : Jana Aawaj News
तस्बिर : पवन सिबन्जा श्रेष्ठ

जन आवाज न्युज/भक्तपुर । “हाम्रो कला, आम्रो संस्कृतिः मध्यपुर थिमि हाम्रो सम्पत्ति” मर्यादित सहकारी समुन्नत समाज भन्ने मुल नाराका मध्यपुर थिमि नगरपालिकाले ६८ औ सहकारी दिवस को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार मध्यपुर थिमि नगरपालिकाद्वारा कमेरोटार खेल मैदानमा आयोजित मुल समारोह कार्यक्रममा वडा नं. १,२ र ३ को सानोठिमीबाट, वडा नं. ४ को शंखधर चोकबाट, वडा नं. ५ र ६ भुलांखेल, वडा नं. ७ को नगदेश बाट र वडा नं. ८ र ९ को बोडेबाट साँस्कृतिक झाँकीसहित प्रभातफेरि र्याली आयोजना गरिएको थियो ।

कार्यक्रममा नगरभित्रका करिव १ सय २८ वटा सहकारी संस्था मध्ये ९६ वटा सहकारी संस्थाबाट करिव ४ हजार सहकारीकर्मीहरुको सहभागीता रहेको थियो ।


र्यालीमा सहभागी संस्थाका विजेताहरुमा मध्यमा प्रथम हुन सफल सिद्विकाली साकोस, दोस्रो उपकार साकोस, तेस्रो श्री महालक्ष्मी साकोस र सान्त्वना पुरस्कार बालकुमारी साकोसले प्राप्त गरेको छ ।


उक्त कार्यक्रम मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न