
नारायण थापा
जन आवाज न्युज/चैत्र, २० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले “रक्तदानद्वारा ‘निस्तार–चाडको प्रेम’ कार्यान्वयन” भन्ने मुल नाराका साथ बिर्तामोडमा बृहत रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,६१४ औं विश्वव्यापी रक्तदान अभियानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र, झापाले गरेको थियो ।

रगतलाई कृत्रिम रूपमा बनाउन वा अन्य पदार्थहरूद्वारा प्रतिस्थापन गर्न सकिँदैन । रगतको तत्काल आवश्यकता परेका बिरामीलाई बचाउने एक मात्र तरिका भनेको रक्तदान गर्नु हो ।
कर्यक्रममा परमेश्वरको मण्डलीका एक सदस्यले भन्नुभयो “रगतको अभावका कारण ज्यान जोखिममा परेकाहरूलाई सहयोग गर्न सन्तहरू एकजूट भएका छन् । हामी येशू ख्रीष्टको बलिदान र प्रेमको अभ्यास गर्न चाहन्छौं, जसले ‘नयाँ करार निस्तार’मार्फत मानव-जातिलाई मुक्ति प्रदान गर्नुभयो ।”
परमेश्वरको मण्डलीका अनुसार ‘निस्तार-चाड’ भनेको ‘विपत्ति पार हुने’ अर्थ समावेश रहेको परमेश्वरको चाड हो । योचाहिँ येशू ख्रीष्ट क्रूसमा बलिदान हुनुअघि, आफ्नो देह र रगतलाई संकेत गर्ने रोटी र दाखमद्यद्वारा उहाँले नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो । परमेश्वरको मण्डलीले हरेक वर्ष निस्तार-चाडको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
‘बिर्तामोड परमेश्वरको मण्डली’मा आयोजना गरिएको कार्यक्रममो मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करीब २ सय ५० जनाको सहभागीता रहेको थियो । सहभागीहरू व्यवस्थित तरिकाले चिकित्सा जाँच तथा रक्तदानमा सहभागी भएका थिए ।
नेपाल रेडक्रस सोसाईटीले रक्तदान गर्न आवश्यक सबै चिकित्सा सामग्रीहरू सहयोग गरेको थियो ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी शिचाइँ तथा उर्जामन्त्री एकराज कार्कीले “समाजमा गरिने सेवा मध्ये सबै भन्दा महत्वपुर्ण कार्य धेरै जनाको जिवन बचाउने कार्य रक्तदान भएकोले मण्डलीको कार्य प्रति साच्चै धन्यवाद ” भन्दै आभार व्यक्त गर्नुभयो ।
कार्यक्रम बिहान ९ बजे सुरु भएच ४ घण्टासम्म जारी रहेको थियो । कुल ८३ जनाले रक्तादान गरेका थिए, र ४१,५०० मि.लि. रगत संकलन गरी रेडक्रसलाई हस्तान्तरण गरिएको थियोे । रक्तदानमा सहभागी भएका अमरले गर्वका साथ “रक्तदान कार्यमा सहभागी भएर समाजमा योगदान गर्न पाउदा धेरै खुसि र गर्व लागेको बताउनुभयो । अर्का सदस्य निर्मलाले भन्नुभयो “रगतको अभावको कमीले गाह्रो हुने मानिसहरूलाई सहयोग गर्न पाउदा खुसि लागेको छ ” बताउनुभयो ।
सन् २००५ मा कोरियाबाट सुरु भएको ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ गत २० वर्षको अन्तरालमा विश्वव्यापी गाउँका विभिन्न ठाउँमा १,५०० चोटि भन्दा बढी आयोजना भइसकेको छ । जसमा लगभग २,८३,९०० जना सहभागी भएका छन् र १,२२,१०० जनाले रक्तदान गरेका छन् । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करीब ३,६६,४०० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षाअनुरूप, यस मण्डलीले रक्तदान मात्र नभई वातावरण संरक्षण, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण र विद्यालयहरूलाई शैक्षिक सामग्री सहयोग जस्ता कार्यहरूद्वारा स्थानीय समुदायमा स्वयंसेवा पनि गर्दैआएको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।
मण्डलीले यो वर्षको सुरुवातमा संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस फेब्रुअरी २० को सम्झनामा ‘ज्यमि ज्यउभ१’ क्याम्पेन गर्दै काठमाडौंको टोखा नगरपालिकालाई १६ घरपरिवारका लागि खाद्यान्न सामग्री अनुदान गरेको थियो । यो अभियानको उद्देश्य विश्वभरका सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू अनुदान गर्नु हो, जसले गर्दा प्रत्येक देशका आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई गरिबी निवारण गर्न र सामुदायिक मूल्यमान्यताहरू जगाउन मद्दत मिल्छ । यो भारत, युक्रेन, भेनेजुएला, इथियोपिया, हाइटी र म्यानमार लगायत लगभग ३० देशहरूमा आयोजना गरिएको थियो । यसको अतिरिक्त परमेश्वरको मण्डलीले कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुर्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।
१७५ वटा देशका ७,८०० ठाउँहरूमा ३७ लाख सदस्यहरू भएको परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिक सहयोग जस्ता ३०,००० वटा स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ । यसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । गत जनवरी महिनामा पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्ड प्रदान गरिएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351260










