वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन, अन्त्यष्ठी भने नहुने | Jana Aawaj News

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन, अन्त्यष्ठी भने नहुने

पढ्न लाग्ने समयः < 1 मिनेट
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन, अन्त्यष्ठी भने नहुने : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बिरामी परेपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएका रिसालको राति पौने ८ बजे निधन भएको उहाँका माइला भाइ पुरू रिसालले बताउनुभयो ।

९७ वर्षीय पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय रहनुभएको थियो । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका रिसाल राससबाट प्रमुख संवाददाताका रूपमा अवकाश पाएपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा सक्रिय रहनुभएको थियो ।

यसैगरी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय रहनुभएका पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिर मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गर्नुभएको थियो  रिसालले शरीर दान गर्नुभएकोले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने बाताइएको छ ।

पत्रकार रिसालको जन्म भक्तपुरको सुर्यविनायक नगरपालिका दधिकोटमा भएको थियो । पत्रकार रिसाल पछिल्लो समय काठमाडौंकाे अनामनगरमा बस्दै आउनुभएको थियो । शरीर दान गरेकाले उहाँकाे अन्त्यष्टी कार्यक्रम नहुने पुरू रिजालले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न