
नारायण थापा
जन आवाज न्युज/भक्तपुर, चैत्र २८ । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव आजबाट शुरु भएको छ ।
बिहीबार कार्यक्रमको समुद्घघाटन गर्दै प्रमुख अतिथ प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नयाँ वर्ष २०८२ र बिस्का जात्राको शुभकामना दिदै भक्तपुरको मुटु भएको यो ठाउँमा नयाँ वर्षको अवसर पारेर सल्लाघारिमा भक्तपुर महोत्सव आजबाट शुरु भएको छ आयोजक टिमलाई सफलताको शुभकामना दिनुभयो ।
यसैगरी कार्यक्रममा थापाले भक्तपुरको सल्लाघारीमा केही समय अघि यहि ठाउँ लोकप्रिय गाएक साजन बैद्द र शुसान्त के. सि को कन्सर्टमा ७ हजार बढी दर्शकहरुको सहभागिता रहेको थियो यो कुराले आज भोलि राजाबादिले दुई/तीन हजार भिड जम्मा गरेर राजा फर्काउछु भन्ने राजाबादिहरुलाई देख्दा राजाबादिका भन्दा बढी भिड गायको देखिएको छ ।
भक्तपुरकै कुमा सागर दिनप्रतिदिन लोकप्रिय बन्दै गएका छ्न राजाबादिका भन्दा ठूलो भिडले उनलाई र उनका फरक शैलिको गीतलाई मन पराउछन बरु उनलाई नै राजा बनाउदा हुने बताउनुभयो ।
भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा आजदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुनेछ ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु हुनेछन् अध्यक्ष महतले भन्नुभयो । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ ।
मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ, संयोजक थापाले पत्रकार सम्मेलनमा भने । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ ।
राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन र्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ । मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिनुभएको छ ।
मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ-२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news