तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव | Jana Aawaj News

तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव

पढ्न लाग्ने समयः < 1 मिनेट
तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव : Jana Aawaj News

जन आवज न्युज/भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गरेका छन् ।

नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा १२ दिनसम्म संचालन भएको थियो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा चैत २८ गतेदेखि भक्तपुर सल्लाघारीमा महोत्सव सुरु भएको थियो ।

महोत्सवमा रहेका करिब १ सय स्टल र बाल उधान, मनोरञ्जनका स्थलले २ करोड कारोबार गरेको आयोजकले जानकारी दिएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेका थिए ।

महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव समापनको अवसरमा वरिष्ठ गीतकार सुवाश चन्द्र ढुंगेललाई नगद रु.५ हजार सहित सम्मान गरिएको छ ।

सिद्दी स्मृति भक्तपुर फुटबल क्लबलाई कदरपत्र सहित सम्मान गरेका छौं, महोत्सवका संयोजक थापाले भने ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न