प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ | Jana Aawaj News

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ : Jana Aawaj News

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुुभएको हो । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुुहुुन्थ्यो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

+ posts