प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट | Jana Aawaj News

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट : Jana Aawaj News

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागिता रहेको थियो ।

+ posts