
रशिला थापा
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवा संगठन ASEZ WAO ग्वार्को ललितपुर, शाखाद्वारा ‘प्लास्टिकमुक्त २०४०‘ नारा अन्तर्गत सोमबार ललितपुर महानगरपालिका वडा नं ८ मा अवस्थित गुइत दोमार पार्कदेखि बालकुमारी पुलसम्म सरसफाइ गतिविधि कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ग्वार्को, जावलाखेल र सुनाकोठीबाट आएका करीब ५० जना सदस्यहरू सदस्यहरू सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री बाबुरत्न महर्जन हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा वी लभ यू फाउन्डेसन नेपालका अध्यक्ष श्री किशोर सामसोहाङ, ASEZ WAO ललितपुर जिल्ला प्रतिनिधि श्री सुरेश बयलकोटी, ASEZ STAR ललितपुर जिल्ला प्रतिनिधि श्री प्रेम श्रेष्ठ र नगर प्रहरीहरूको सहभागिता थियो ।
कार्यक्रममा वडा अध्यक्ष बाबुरत्न महर्जनले प्रकृतिलार्इ सफा र हरभरा बनाउन ASEZ WAO ले चालेको अभियानमा आफू लगायत सबै वडावासीहरू साथमा रहेको कुरा बताउनुहुँदै ASEZ WAO ले वातावरण संरक्षणमा अमूल्य भूमिका खेलेको कुरामा जोड दिनुभयो साथै उहाँले UNSDGS लक्ष्य प्राप्त गर्न ASEZ WAO समर्थनयुक्त हस्ताक्षर पत्रमा पनि हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा करीब २५ झोला फोहोर संकलन भएको थियो ।
ASEZ WAO चाहिँ परमेश्वरको मण्डलीका जागिरे युवाहरूद्वारा गठन गरिएको अन्तराष्ट्रिय स्वयंसेवक समुह हो । ASEZ WAO ले विश्वको १७५ वटा देशमा ७,५०० ठाउँहरूमा कार्य गरिरहेको छ । ASEZ WAO को अर्थ के हो त? ASEZ भनेको Save the Earth from A to Z हो अर्थात सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं । अनि WAO भनेको We Are One Family अर्थात हामी एउटै परिवार हौं । त्यसैले ASEZ WAO भनेको हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं भन्ने अर्थ हो । यही नाराका साथ विगत लामो समयदेखि ASEZ WAO ले वातावरण संरक्षणको निम्ति निस्वार्थ रूपमा कार्य गर्दै आएको छ ।
ASEZ WAO ले विभिन्न संस्था, स्थानीय निकाय र राष्ट्रप्रमुखहरूबाट ९३ वटा पुरस्कार प्राप्त गरेको छ । ती मध्ये अन्तराष्ट्रिय पर्यावरण अवार्ड, ग्रीन एप्पल अवार्ड ४ पटक, ग्रीन वर्ल्ड अवार्ड ३ पटक पाएको छ । अमेरिकी राष्ट्रपति स्वयंसेवा पुरस्कार पनि ३ पटक पाएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news