जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली | Jana Aawaj News

जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली : Jana Aawaj News

ललितपुर, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताउनुभएको छ ।

‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिनुभएको हो । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरुका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।”

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरुलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गर्नुभयो ।
“यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरु काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरु छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरु यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता र संकीर्णता बोक्नेहरुले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन ।”

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न