भक्तपुरको सैजु दुग्ध दहि उद्योगलाई पाँच हजार जरिवाना | Jana Aawaj News

भक्तपुरको सैजु दुग्ध दहि उद्योगलाई पाँच हजार जरिवाना

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको सैजु दुग्ध दहि उद्योगलाई पाँच हजार जरिवाना : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, बैशाख २६ गते । भक्तपुरको लिवालिमा संचालित सैजु दुग्ध दहि उद्योगलाई खाद्य तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलिले पाँच हजार जरिवाना गराएको छ । भक्तपुरमा रहेको भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजुले संचालन गरेको उद्योगमा उत्पादन हुने लालमोन तथा गुडपाकमा उत्पादन मिति नभएको, लेवलिङ नगरेको खाद्य अनुमतिपत्र नलिई उत्पाद गरेको र सरसफाईमा कमि भएको भन्दै अनुगमन टोलिले पाँच हजार जरिवाना गराएको हो ।

अनुगमन टोलीले लालमोन तथा गुडपाकमा उत्पादन मिति नराखेको भन्दै जरिवाना गराएको खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षण अधिकारी सरोज पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले जरिवानाका साथै तीन दिन भित्र नगरपालिकामा दाखिल गर्न समेत आग्रह गरिएको छ । यस्तै लक्ष्मि दहि भण्डार व्यासि जहाँ दहिमा अखाद्य वस्तु भेटियो भनेर सामाजिक संजालमा भईरल भएको थियो , उक्त पसलमा पनि अनुगमन टोलिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सरसफाईमा ध्यान दिनुपर्ने , लेवल विवरण र मूल्य विवरण लगाएतका विवरण दहिमा नभएकाले राख्नुपर्ने खाद्य तथा गुण नियन्त्रण विभागका निरिक्षक सरोज पौडेलले वताउनुभयो । उक्त दुई वटै पसलवाट नमुना परिक्षणका लागि दुईवटा दहि ल्याव टेस्टका लागि लगएको छ । १०दिन भित्र नतिजा आउने र नतिजा अनुसार सुधार गर्नुपर्ने तथा अखाद्य बस्तु भेटिए खाद्य ऐन अन्तरर्गत कारवाही गर्ने जनाएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले सात दिन भित्र सबै कागजातहरु लिएर बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यसका साथै सरसफाईमा ध्यान दिन र लेबल सच्याइ सुधार गर्न समेत निर्देशन दिएको खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले जानकारी दिएका छन् ।

प्रशासन कार्यालय संगै भक्तपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ भक्तपुर, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण काठमाडौंले र नेपाल पत्रकार महासंघ भक्तपुर संयुक्त रूपमा अनुगमन गरिएको थियो ।

+ posts