किरियापुत्री भवन बनाउन महायज | Jana Aawaj News

किरियापुत्री भवन बनाउन महायज

पढ्न लाग्ने समयः < 1 मिनेट
किरियापुत्री भवन बनाउन महायज : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । पितृमुक्तिको लागि १३ दिनसम्म क्रियाकर्म गर्न अधुरो रहेको पितृमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ ४ गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ ।

 

महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताउनुभयो ।

महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको उहाले जानकारी दिनुभयो । जेठ ४ देखि सुुरु हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नु हुने उहाँले बताउनुभयो । श्रीमतद् भागवत १० गतेसम्म सञ्चालन हुनेछ । ‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न “अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने” भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागेका छौ,”उहाँले भन्नुभयो । महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएको उहाँले बताउनुभयो । २०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । “भवन निर्माण गर्न धेरै समाजसेवीहरुसंग सहयोग संलकन गर्यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्येश्यले पुनः महायज्ञ लगाउनु परेको हो,”सुवेदीले भन्नुभयो,“महायज्ञबाट दुई करोड भन्दा बढी संकलन गर्ने लक्ष्य लिएको यहाहरुलाई जानकारी गराउँदछौ । महायज्ञबाट उठेको रकमबाट बहुउद्येशीय यो भवन बनाउन हामी सफल हुनेछौ । यो अधुरो भवन बनाउन आवश्यक पर्ने आर्थिक सहयोग गर्न दाताहरु आतुर हुनुहुन्छ ।” दाताले दिएको सहयोगको आधारमा सम्मानको बिशेष व्यवस्था मिलाएका उहाँले बताउनुभयो । पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ । भवन निर्माण, शौचालय, ढिकोरो उठाउन सहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । “अधुरो भवन निर्माण गर्न १६ लाख अहिले पनि ऋण छ,”उहाँले भन्नुभयो,“ऋण तिर्न र नयाँ संरचना बनाउन पनि महायज्ञ लगाउनु परेको हो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न