अदित श्रेष्ठको “भिमफेदीको बगर” सार्वजनिक | Jana Aawaj News

अदित श्रेष्ठको “भिमफेदीको बगर” सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
अदित श्रेष्ठको “भिमफेदीको बगर” सार्वजनिक : Jana Aawaj News

काठमाडौं । संगीतकार अदित श्रेष्ठको गीत ‘भिमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा अदित श्रेष्ठको शब्द र स्वर रहेको छ । सो गीतमा याकुब तामाङले सङ्गीत संयोजन गरेका छन् ।

होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा याकुब विटस्ले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निर्मलकुमार लामाको निर्देशन रहेको छ भने सुमित तामाङले छायाङ्कन र सम्पादन गरेका हुन्। श्रेष्ठको शब्दमा रहेको यो गीतमा कलाकार भने भिमफेदी गाइज र रिया लामा रहेकी छन् ।

यस म्युजिक भिडियोमा प्रेममिल जोडीको माया पिरतीका खट्टामिठा विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । श्रेष्ठले सानै उमेरदेखि गायन क्षेत्रमा आफूलाई रुची भएको हुनाले यो दोस्रो गीत तथा म्युजिक भिडियो बजारमा सार्वजनिक गर्न सफल भएको बताउनुभएको छ । उहाँको यो भन्दा पहिला जुनेली रात भन्ने म्युजिक भिडियो पनि आएको थियो जुन स्रोताहरुले धेरै नै माया र मन पराइ साथ दिनुभएको हुनाले यो “भिमफेदीको बगर”लाई त्यसरी नै माया र साथ दिन आग्रह गर्दै आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गर्ने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने श्रेष्ठले बताउनुभयो ।

 

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न