भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु | Jana Aawaj News

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु

बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता आज (शुक्रबार) बाट महेश्वरी बैक्वेट थुसाचामा शुरु भएको छ । प्रतियोगिताको सुरुवात नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेर थिए । साथै अन्तर्राष्ट्रिय आर्विटर तथा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय सदस्य निरञ्जन प्रजापतिलाई चेस बोर्ड र गोटी हस्तारण गर्दै भएको हो ।

सासंद प्रेम सुवालले बुद्धिचाल प्रतियागिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताउनुहुँदै खेलमा हुने हारजित अस्थायी भएको र मित्रता स्थायी भएको हुँदा प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरुले अनुशासित भएर मित्रता कायम गर्न खेल खेल्नुपर्ने बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको थियो भने भारतबाट ४ र इंग्ल्याण्डबाट १ जना जना खेलाडी सहभागी रहेको छ । बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता रहेको थियो ।

नेपालको पहिलो अन्तराष्टिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता शुक्रबार ५ राउण्ड हुने र बाकी ४ राउण्ड शनिबार हुने बताउँनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष उकेश कवांले भक्तपुर युवा टीमले वर्षेपिच्छे खेलाडीहरुलाई ध्यानमा राखेर विभिन्न प्रतियोगिता गर्दै आएको जानकारी गराउँनुहुँदै प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिनुभएको थियो ।

भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष उप्रेन्द्र सुवालले नगरपालिकाद्धारा विभिन्न खेल प्रशिक्षण हुँदै आएको कुरा जानकारी गराउनुभएको थियो । साथै भक्तपुर नगरपालिकाको दश वटै वडामा छेंकु खेल संचालन भइरहेको सुवालले बताउँनुभयो ।
भक्तपुर युवा टीममा अध्यक्ष केशव त्वानाबासुले सबै सहभागी खेलाडीलाई शुभकामना दिँदै भविष्यमा यहाँ सहभागी खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि भइ विजयी भएको हासिल गरेको हेर्न र सुन्न पाउने आशा लिएको बताउँनुभयो ।

प्रतियोगिताको समापन शनिबार हुनेछ । समापनको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवंम बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गर्नुहुने जनाएको छ ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न