शहरी क्षेत्रमा यत्रतत्र रहेका तार व्यवस्थापन गर्न पोलको भाडा बढाइयो | Jana Aawaj News

शहरी क्षेत्रमा यत्रतत्र रहेका तार व्यवस्थापन गर्न पोलको भाडा बढाइयो

पढ्न लाग्ने समयः < 1 मिनेट
शहरी क्षेत्रमा यत्रतत्र रहेका तार व्यवस्थापन गर्न पोलको भाडा बढाइयो : Jana Aawaj News

काठमाडौँ । आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती’ विषयक छलफलका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरी क्षेत्रहरुमा यत्रतत्र रुपमा रहेका तारहरुलाई व्यवस्थित गर्नका लागि पोल भाडा बढाइने बताउनुभएको छ ।

कार्यक्रममा घिसिङले इन्टरनेट सेवा प्रदायक मार्फत यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड पुराएको बताउदै विद्युतीय पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको जानकारी गराउनुभएको हो ।

सो कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधिर पराजुलीले पोलको भाडा २०५ रुपैयाँ लिइदै आएकोमा एक्कासी अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपरेको बताउदै प्राधिकरणले नाफा कमाउने. उद्देश्यले पोल प्रयोगको भाडा बढाएको आरोप समेत लगाउनुभएको थियो ।

 

 

+ posts

 

 

ताजा
1 अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति महेश बस्नेत आक्रोशित
2 गृहमन्त्री गुरुङले दिए राजीनामा
3 चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
4 भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न