काठमाडौं । कोरोन भाइरस कोभिड १९ बाट पछिल्लो २४ घण्टामा आज देशभर ११ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
यसैगरी १४ हजार नमुना परीक्षण गर्दा पीसीआर भने, ११ हजार ६सय ७२ तथा एन्टीजेन २ हजार ३ सय ३१ संक्रमित थपिएको बताइएको छ ।
यसैगरी गत २४ घण्टामा १ हजार ३ सय १८ जना निको भएका छन् भने, थप १२ जनाको मृत्यु भएको बताइएको छ । यस्तै गत २४ घण्टामा २ लाख ८ हजार ९० जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल नेपालमा कोरोनाभाइरसको संक्रमण दर ८.२ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत रहेकोमा निको हुनेको दर भने, ९६.३ प्रतिशत रहेको छ ।
यस्तै कोरोना संक्रमित मध्य आईसीयूमा ३६४ जना, भेन्टिलेटरमा १२० जना, होम आइसोलेशनमा १७ हजार १सय २५ जना, संस्थागत आइसोलेशनमा १ हजार २सय ९७ र क्वारेन्टाइनमा ३ सय २८ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 347869