छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा | Jana Aawaj News

छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा

एपीएफ र न्यु डायमन्ड विजयी

पढ्न लाग्ने समयः < 1 मिनेट
छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा : Jana Aawaj News

काठमाडौँ । छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा साबिक विजेतार रहेको महिलातर्फ विभागीय टोली एपीएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि सोझो सेटको नतिजा निकाल्दै विजयी हुन सफल भएको छ ।

उक्त खेल दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको थियो । मंगलबार भएको सो खेलमा एपीएफले २५–११, २५–७, २५–१३ ले सेट जितेर ३ अंक जोडेको थियो । यसैगरी न्यु डायमन्ड एकेडेमीले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ को सेटमा हराएको थियो ।

पुरुषतर्फको खेलमा भने, गण्डकी प्रदेशले मणिमुकुन्द क्लबलाई ३–२ सेटमा हराउन सफल रह्यो । प्रतिस्पर्धात्मक उक्त खेलमा भारतीय खेलाडीसम्मिलित गण्डकीले पहिलो २६–२४ र दोस्रो सेट ३६–३४ ले आफ्नो पक्षमा पारेता पनि मणिमुकुन्दले तेस्रो २५–१८ र चौथो सेट २७–२५ ले जितेर खेलमा पुनरागन गर्न सफल रह्यो ।

ख्ेलमा हेलप नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा हराउदैं अघिल्लो दिन वाग्मतीलाई हराएको हेल्प नेपालले मंगलबारभने, प्रदेश २ माथि २५–२१, २५–१७, २५–१६ को नतिजा निकालेरु समूह ‘ए’ मा हेल्प नेपाल र गलकोट स्पोट्र्स क्लब समान ६ अंकका साथ नकआउट चरणमा रहेका छन् ।

इता खेलको समूह ‘बी’ मा पुलिस ६ अंकसहित शीर्षस्थानमा छ भने, गण्डकीको ५ अंक रहेकोले दुवै नकआउट चरणको यात्रा तय गरेका छन् ।

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न