थुलुङ राई सहजीकरण सोलुखुम्बुद्वारा सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

थुलुङ राई सहजीकरण सोलुखुम्बुद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
थुलुङ राई सहजीकरण सोलुखुम्बुद्वारा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

३१ जेष्ठ २०८२, काठमाडौँ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

उक्त सरसफाइ कार्यक्रममा सामुदायिक वन, पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, स्थानीय बासिन्दा, समाजसेवी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि र थुलुङ राई सहजीकरण सोलुखुम्बुका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष पासाङ दोर्जे राईले पर्यावरण संरक्षणका लागि यस्ता साना प्रयासले ठूलो सन्देश प्रवाह गर्ने बताए। उपाध्यक्ष नरबहादुर राईले एकता नै शक्ति भएको र यस्ता सामाजिक कार्यमा संस्था निरन्तर सक्रिय रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीप्रति कृतज्ञता व्यक्त गरे।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि संस्थाले आफ्नो वार्षिक कार्यक्रमको निरन्तरताका रूपमा यो सरसफाइ अभियान सञ्चालन गरेको हो। थुलुङ राई सहजीकरण सोलुखुम्बुले सरसफाइसहित विभिन्न सामाजिक कार्यहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न