बुधबारबाट भक्तपुरको राधेराधेमा ‘फिस टनेल एक्स्पो’ सुरु  | Jana Aawaj News

बुधबारबाट भक्तपुरको राधेराधेमा ‘फिस टनेल एक्स्पो’ सुरु 

पढ्न लाग्ने समयः < 1 मिनेट
बुधबारबाट भक्तपुरको राधेराधेमा ‘फिस टनेल एक्स्पो’ सुरु  : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३१ गते । भक्तपुरमा बुधबारदेखि  फिस टनेल एक्स्पो २०८२’ शुरु भएको छ ।

मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो-२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो असार ४ गतेबाट सुरु हुने एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन हुने बताइएको छ। ‘फिस टनेल एक्स्पो २०८२’ मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ । उक्त स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष महतले बताउनुभयो ।
उक्त एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला हुने आयोजकले जानकारी दिएको छ ।

(कार्यक्रम सारिएकोले सच्याइएको)

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न