स्वास्थ्यमा १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ बागमती प्रदेश स्वास्थ्य मन्त्री : थापा | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

स्वास्थ्यमा १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ बागमती प्रदेश स्वास्थ्य मन्त्री : थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
स्वास्थ्यमा १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ बागमती प्रदेश स्वास्थ्य मन्त्री : थापा : Jana Aawaj News

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरिएको छ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका विषयमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशस्तरीय र स्थानीय स्वास्थ्य संस्थाहरूको आवश्यकता अनुसारको बजेट विनियोजन गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो “स्वास्थ्यमा अहिलेको परिपाटीमा कम प्रतिशत मात्र बजेट छुट्टिने गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ, अहिलेको अवस्थामा सबै अस्पताल र स्वास्थ्य संस्थाका आवश्यकता पूरा गर्न बजेट पर्याप्त छैन ।”

उहाँले स्वास्थ्य सेवालाई बिस्तार गर्न सरकार प्रतिवद्ध रहेको भए पनि बजेटका कारण सेवा दिन कठिन भइरहेको उल्लेख गर्नुभयो। स्वास्थ्य मन्त्रालयले रोग लाग्न नदिन ‘मेरो लागि एक घण्टा समय’ भन्ने नारासहित मन्त्रालयले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने आवश्यकता रहेको भताउनुभयो । अस्पतालमा बिरामीको चाप बढिरहेको छ। यो चाप व्यवस्थापन गर्न सेवा र पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाले आगामी वर्षमा आवश्यक पर्ने औषधि र उपकरणको विस्तृत प्रक्षेपण प्रस्तुत गर्नुभएको थियो। उहाँले यो प्रक्षेपण कार्यक्रम पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै कम वा अत्यधिक आपूर्ति हुन नदिन योजना बनाइएको जानकारी गराउनुभयो।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेश सभा सदस्य भरत केसी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, सदस्य डा दिपेन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, मन्त्रालयका महाशाखा प्रमुखहरू सागर घिमिरे, डा. खगेश्वर गेलाल लगायत जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागीता रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x