गुण्डुमा रहेको श्री ज्योति माविको ३८औं वार्षिक उत्सव सम्पन्न | Jana Aawaj News

गुण्डुमा रहेको श्री ज्योति माविको ३८औं वार्षिक उत्सव सम्पन्न

आगामी वर्षदेखि कक्षा ११ संचालन हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डुमा रहेको श्री ज्योति माविको ३८औं वार्षिक उत्सव सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार,२ गते । सुर्यविनायक नगरपालिका गुण्डु वडा नम्बर-७ मा रहेको श्री ज्योति माध्यमिक विद्यालयको ३८औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमका अवसरमा २०४४ साल असार १ गते विद्यालय स्थापना गर्नुहुने स्थानीय शिक्षाविद तथा समाजसेवीहरुको साथै स्कुललाई निरन्तर रुपमा जुझारु नेतृत्व प्रदान गर्नुहुने संस्थापक प्रधानाध्यापक कृष्णलाल न्हेमाफुकि व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू र  विद्यालयका प्रधानाध्यापक मिलन कायष्थ एवं सम्पूर्ण शिक्षकहरू विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण स्थानीय बासीहरू तथा सबै विद्यार्थीहरुलाई सुर्यविनायक नगरपपालिका वडा-७ का अध्यक्ष एवम् नगर प्रवक्ता रविन्द्र सापकोटाले धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा विद्यालयलाई  आागामि वर्ष कक्षा ११ मा समेत पठन पाठन गर्ने गरि याेजना निर्माण गरिएको अध्यक्ष  सापकोटाले  बताउदै स्कुलको यस कार्यमा सराेकारवाला सबैकाे सहयाेगकाे अपेक्षा गरेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले स्कुलले गरेको प्रगतीप्रती सन्तुष्ट व्यक्त गर्दै शिक्षाको गुणस्तरमा ज्योती माविले जुन उल्लेखनीय भुमीका निभाएको बताउनुभयो । विद्यालयको समग्र बिकास निर्माणको काममा पहिला जस्तै अहिले पनि नगरपालिका साथ र सहयोग रहिरहेने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभयो ।

हाल श्री ज्योति माध्यमिक विद्यालयमा छात्र र छात्रा गरि कुल ५,५३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न