
जन आवाज न्युज/भक्तपुर असार, ५ गते । चाँगुनारायण नगरपालिकाले घोषणा गरेको नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा आयोजित भक्तपुर ताथली नालागढी बृहत साइकल र्याली तथा काइकिङ कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलन कमलविनायकस्थित रोम्बस नेसनल कलेजको सभा हलमा सम्पन्न भएको छ । सो साईकलिङ असार ७ गते हुने भएको आयोजकले जानकारी दिएको छ।
ताथलीको श्री दक्षिणकाली युवा समूहको आयोजनामा हुने साईकलिङमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको प्रमुख आतिथ्य रहने कार्यक्रम संयोजक दिपक खड्काले बताउनुभयो ।
कार्यक्रममा समूहका अध्यक्ष सुरेशराज गिरीले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटन प्रवर्द्धनका लागि साईकलिङ गर्न लागिएको जानकारी दिनुभयो ।
साईकलिङमा सहभागी हुन २०८२ असार ४ गते बुधबारभित्र नाम दर्ता गर्न आयोजकले जनाएको गियो भने ७ गतेभित्र आउने नयाँ साइकलिङ गर्न फर्म वितरण गरिने बताइएको छ, भने फर्मको शुल्क १ सय मात्र तोकिएको र साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखा, भक्तपुरसँग समन्वय गरिएको आयजकले जानकारी गराएको छ ।।
साईकलिङ चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानास्थित ब्रह्मायणी मन्दिरबाट सुरू हुनेछ । साईकलिङले ताथलीका विभिन्न स्थानको भ्रमण गर्ने बताइएको छ ।




रुट तालिका निम्नअनुसार छन् :


भिडियो सहित :
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 315682



