प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट | Jana Aawaj News

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुग्नुभएको थियो । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाउनुुभएको हो । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराउनुभयो । प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न