नेसनल प्याव्सनको चित्रकला प्रसादी पाठशालाको आयोजनामा सम्पन्न  | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

नेसनल प्याव्सनको चित्रकला प्रसादी पाठशालाको आयोजनामा सम्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सनको चित्रकला प्रसादी पाठशालाको आयोजनामा सम्पन्न  : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम “अन्तर विद्यालय चित्रकला प्रतियोगिता-२०८२” सूर्यविनायक ८ सिपाडोल, भक्तपुरमा रहेको प्रसादी पाठशाला स्कुलको आयोजनामा सम्पन्न उक्त चित्रकला प्रतियोगितामा सिनियर ग्रुप तर्फ मदरल्याण्ड स्कुलकी रीया लामिछाने र जुनियर ग्रुप तर्फ आरक्षण स्कुलकी रजनी साखकर्मी प्रथम भएका छन् ।

मंगलबार नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरु बीच जुनियर ग्रुपको “मेरो विद्यालय” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो जसमा मदरल्याण्ड स्कुलको दीप सतशंकरले द्धितीय, रुबी भ्याली स्कुलकी दिक्षा राईले तृतीय र डेमोस स्कुलको ऋदम तामागंले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।

साथै कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरु बीच सिनीयर ग्रुपको “हाम्रो अन्तरिक्ष” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो जसमा द्धितीय स्थानमा आरक्षण स्कुलकी निर्जला सुवेदी, तृतीय स्थानमा रुबी भ्याली स्कुलको निमा तामागं र सान्त्वना स्थानमा ईडेन गार्डेनको चन्द्र जंग खड्का विजेता हुन सफल भएका थिए।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सफलतापूर्वक चित्रकला प्रतियोगिता सम्पन्न गरेकोमा आयोजक प्रसादी पाठशाला स्कुललाई हार्दिक आभार व्यक्त गर्दै विजेता विद्यार्थीहरुलाई ट्रफि, मेडल र सर्टिफिकेट प्रदान गर्नु भएको थियो ! साथै अध्यक्ष खड्काले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताउनु भयो ।

उक्त चित्रकला प्रतियोगितामा प्रसादी पाठशाला स्कुलका प्रिन्सिपल दिनेश शाक्यले नेसनल प्याव्सन भक्तपुरले आफ्नो विद्यालयलाई कार्यक्रम गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्ता विविध कार्यक्रम गर्न तत्पर रहेको बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x