भक्तपुरमा चारै वटा स्थानीय तहमा लामखुट्टेको लार्भा नष्ट गर्न खोज र नष्ट गर एक दिने अभियान संचालन हुने : प्रजिअ पाण्डे | Jana Aawaj News

भक्तपुरमा चारै वटा स्थानीय तहमा लामखुट्टेको लार्भा नष्ट गर्न खोज र नष्ट गर एक दिने अभियान संचालन हुने : प्रजिअ पाण्डे

(भिडियो सहित)

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरमा चारै वटा स्थानीय तहमा लामखुट्टेको लार्भा नष्ट गर्न खोज र नष्ट गर एक दिने अभियान संचालन हुने : प्रजिअ पाण्डे : Jana Aawaj News

जन आवाज न्युज/असार, १२ गते । यस बर्ष भक्तपुरमा डेंगी संक्रमण फैलिने उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुरमा आयोजित अन्तक्रियामा जनस्वास्थ्य कार्यालयले देशैभरका ७२ जिल्लामा करिव १४ सय भन्दा बढीमा डेंगी सक्रमण पुष्टि भइसकेकाले लामखुट्टेवाट जोगिन आग्रह गरिएको छ ।

हाल सम्म भक्तपुरमा मात्रै तीस जनामा डेंगी सक्रमण देखिएको र काठमाडौमा यो बर्षको हाल सम्मकै उच्च १ सय ४० जनामा डेंगी संक्रमण देखिएको जनस्वाथ्य कार्यालयका प्रमुख अन्जना खड्काले बताउनुभयो ।

उपत्काका तीन वटै जिल्लाका पुराना शहरहरुमा घना बस्ती र जोडिएका घरहरु रहेकाले उपत्यका भित्र यो सक्रमण फैलिने दर उच्च रहेको उहाँले बताउनुभयो । डेगी सक्रमण जोखिका हिसावले भक्तपुर १० औ स्थानमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले डेगी सक्रमणवाट जोगिन लामखुट्टेको लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियानलाई जिल्लाका चारवटै स्थानीय तहमा एक दिन संचालन गरिने बताउनुभयो । उहाँले जिल्ला स्वास्थ्य संस्थाहरुलाई डेंगी सक्रमितको उपचारका डेंगी परिक्षण किट तथा औषधीहरु तयारी अवस्थामा राख्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पर्शुराम पाण्डे डेंगी सक्रमण फैलिएसँगै रगतमा पाइने प्लेतलेत माग पुरा गर्न नसकिने भएकाले यस बर्ष रगतको पनि बन्दोवस्त गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा डेंगी फैलाउन लामखुट्टेहरु कुन अवस्थामा सकृय रहेन कसरी नियन्त्रण गर्ने भन्न विषयमा छलफल भएको थियो । जिल्लामा गत बर्ष ६ हजार भन्दा वढीलाई डेंगी सक्रमण देखिएको थियो ।

भिडियो हेर्नुहोस् :

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न