भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो | Jana Aawaj News

भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो : Jana Aawaj News
Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरमा रहेको विश्व सम्पदा स्मारक ङातापोल्ँह अर्थात पाँचतले मन्दिरको निर्माण गरेको ३२३ वर्षको अवसरमा विहिबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाएको छ ।

प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन विधिपुर्वक ङातापोल्ँहको गजुरमा पतचा अर्थात झन्डोटोलन गरि बुसादाँ पर्व मनाइने परम्परा रहेको छ ।

बुसादाँ गर्नु अगाडि मन्दिर भित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत रुपमा पुजा गरिन्छ ।
मन्दिरमा पतचाः फहराउन भक्तपुुरको तुछिमला टोलका अवालहरुले पाचतल्ले मन्दिरको गजुरमा पुगेर झन्डोटोलन गरिएको हो । मन्दिर माथि प्रवेश गर्न अवालहरु वाहेक अरुलाई मन्दिर चड्न नदिने परम्परा छ ।

नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसादाँ पुजा सुरु गरी पतचाः फहराइएको इतिहासमा उल्लेख गरिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
2 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
3 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न