भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो | Jana Aawaj News

भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो : Jana Aawaj News
Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरमा रहेको विश्व सम्पदा स्मारक ङातापोल्ँह अर्थात पाँचतले मन्दिरको निर्माण गरेको ३२३ वर्षको अवसरमा विहिबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाएको छ ।

प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन विधिपुर्वक ङातापोल्ँहको गजुरमा पतचा अर्थात झन्डोटोलन गरि बुसादाँ पर्व मनाइने परम्परा रहेको छ ।

बुसादाँ गर्नु अगाडि मन्दिर भित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत रुपमा पुजा गरिन्छ ।
मन्दिरमा पतचाः फहराउन भक्तपुुरको तुछिमला टोलका अवालहरुले पाचतल्ले मन्दिरको गजुरमा पुगेर झन्डोटोलन गरिएको हो । मन्दिर माथि प्रवेश गर्न अवालहरु वाहेक अरुलाई मन्दिर चड्न नदिने परम्परा छ ।

नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसादाँ पुजा सुरु गरी पतचाः फहराइएको इतिहासमा उल्लेख गरिएको छ ।

+ posts