प्रधानमन्त्री ओलि दोहामा | Jana Aawaj News

प्रधानमन्त्री ओलि दोहामा

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री ओलि दोहामा : Jana Aawaj News

जन आवाज न्युज/दोहा । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार कतारको दोहा आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चाधिकारीहरु र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीह?ले स्वागत गर्नुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चूडामणि कार्कीले पनि भ्रमण दललाई स्वाग गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिडमा पुग्ने जानकारी गराईएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न